Trending
Prev Story
Next Story

भोटेकोशी बाढीबाट विस्थापित बालबालिकाको पढाइ यसरी चल्दैछ [भिडियो]

Ekantipur •
September 18, 2026 • 12:23 PM
1
1 reads 0 reactions

विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।

भोटेकोशी बाढीबाट विस्थापित बालबालिकाको पढाइ यसरी चल्दैछ [भिडियो]

विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।

काठमाडौँ — भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएर बसेका बालबालिकालाई विद्यालयमा ल्याएर पढाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा डल्लुस्थित गीता माता माध्यमिक विद्यालयमा रसुवा र नुवाकोटका बाढी प्रभावित बालबालिकाको पठनपाठनको व्यवस्था मिलाइएको हो ।

विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।

गीता माता माध्यमिक विद्यालयमा हाल बाढी प्रभावित क्षेत्रबाट विस्थापित ६० जना बालबालिका अध्ययनरत छन् । तीमध्ये २३ जना ६ वर्ष उमेर समूहका छन् । विद्यालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा अस्थायी आश्रय लिएर बसेका रसुवाको स्याफ्रुबेसीस्थित कोमिन स्यामिन वाङफेल मावि, नुवाकोटको त्रिभुवन मावि र अन्य विद्यालयका बालबालिकालाई यहाँ पढ्ने व्यवस्था मिलाइएको हो ।

आफ्नो थातथलो र पुरानो विद्यालय तत्काल फर्किने अवस्था नभएपछि आश्रयस्थलबाटै विद्यालय आएर पढाइलाई निरन्तरता दिइरहेको विद्यार्थीहरू बताउँछन् ।

'घरै छैन, बाढीले लग्यो । मसँग चाहिँ मेरो ममी–बुवा हुनुहुन्थ्यो । हामी चाहिँ १४ गते आइपुगेको,' गीतामाता माध्यमिक विद्यालयमा पढिरहेकी प्रीति राईले भनिन् ।

विद्यालयका अनुसार गुम्बामा आश्रय लिएर बसेका बाढी प्रभावितमध्ये अझै करिब ७० जना बालबालिका विद्यालय आएका छैनन् । विद्यालयमा आएकाहरूको दैनिकी सामान्य बनाउन नियमित मनोसामाजिक परामर्शसँगै मनोरञ्जनात्मक र सिर्जनात्मक गतिविधि सञ्चालन भइरहेको विद्यालयमा सहायक प्रधानाध्यापक रामबाबु देवकोटाले बताए ।

'उहाँहरूलाई पहिला काउन्सिलिङ गर्‍यौं । विद्यार्थीहरू पढाइमा इच्छुक भए भने त्यो विद्यार्थीलाई क्लासरुममै पठाइदिने गरी काउन्सिलिङ गरेका हौं,' उनले भने ।

विद्यालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट विस्थापित बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका बालबालिका छन् । गुम्बाबाट प्राप्त तथ्यांक र काठमाडौं महानगरपालिकाको निर्देशनअनुसार गीता माता विद्यालयमा पठाइएका १३२ बालबालिकामध्ये हालसम्म ६० जना विद्यालय आएका छन् ।

त्यसमध्ये नुवाकोटको त्रिभुवन माविका १० जना र अन्य विद्यालयका विद्यार्थीसमेत छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तह तथा काठमाडौं महानगरपालिकासँगको समन्वयमा उनीहरूको पठनपाठनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्याक हरिकृष्ण श्रेष्ठले बताए ।

'यो मन्त्रालयलगायत अन्य विभिन्न निकाय, काठमाडौं महानगरपालिकालगायत विभिन्न निकायसँगको समन्वय नै हो । यो एउटा टिमले गर्ने काम हो । देशमा भएको यो विपत्ति भनेको हाम्रो साझा साझेदारी र एउटा उत्तरदायित्व बहन गर्ने काम हो,' उनले भने ।

विपद्का कारण शैक्षिक सत्रको बीचमै विस्थापित भएका बालबालिकाको शिक्षण–सिकाइमा क्षति नहोस् भनेर उनीहरूलाई आश्रयस्थलबाटै विद्यालय ल्याउने र पुर्‍याउने व्यवस्था गरिएको छ । बाढी प्रभावित भई काठमाडौंका अन्य स्थानमा अस्थायी आश्रय लिएका चार जना बालबालिकाको भने ज्ञानोदय माध्यमिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।

गीता माता विद्यालयमा आएका विद्यार्थीका लागि आवश्यक थप दुई शिक्षक, शैक्षिक सामग्री र दिवा खाजाको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने जनाएको छ ।

'काठमाडौं महानगरपालिका शिक्षा विभागले हामीलाई शैक्षिक वातावरणका लागि सपोर्ट गर्नुभएको छ भने यो काममा हामीले पनि हातेमालो गरेका छौं । यो एउटा टिमले गर्ने काम हो,' प्रअ श्रेष्ठले भने ।

गीता माता माध्यमिक विद्यालयमा नियमित करिब १ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा थप कक्षाकोठाको व्यवस्था गरेर भए पनि विपद्बाट विस्थापित बालबालिकालाई उपयुक्त शैक्षिक वातावरणमा अध्ययन गराउने प्रतिबद्धता विद्यालयले जनाएको छ ।

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#बाढी #भोटेकोशी
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी #भोटेकोशी
Compare →

Related Stories

National (Nepal)
Build #2611