Trending
Prev Story
Next Story

हुथीबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा कसरी पुग्‍यो साउदी ?

Ekantipur •
October 14, 2026 • 02:05 PM
1
1 reads 0 reactions

कुनै समय सामान्य सुरक्षा चुनौतीका रूपमा लिइएका हुथी विद्रोहीहरू अहिले एक शक्तिशाली र संगठित सैन्य शक्ति बनेर साउदीमाथि धावा बोलिरहेका छन्

हुथीबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा कसरी पुग्‍यो साउदी ?

कुनै समय सामान्य सुरक्षा चुनौतीका रूपमा लिइएका हुथी विद्रोहीहरू अहिले एक शक्तिशाली र संगठित सैन्य शक्ति बनेर साउदीमाथि धावा बोलिरहेका छन्

रियाद — साउदी अरबसँग विश्वकै महँगा र अत्याधुनिक सैन्य हतियारको भण्डार छ । यस देशसँग अमेरिकी लडाकु विमान, आधुनिक मिसाइल डिफेन्स सिस्टम र अन्य अत्याधुनिक प्रविधि छन् ।

तर, पछिल्ला दिनहरूमा छिमेकी यमनका हुथी विद्रोही समूहले प्रहार गरेका मिसाइल र ड्रोनको निरन्तर वर्षासामु साउदी अरब असहायजस्तै देखिएको छ ।

यी आक्रमणहरूले साउदीका प्रमुख विमानस्थलहरूलाई निशाना बनाएका छन्, जसमा परेर कम्तीमा १४ जनाको ज्यान गइसकेको छ । सुरक्षा जोखिमका कारण सर्वसाधारण र बालबालिकाहरू घरभित्रै बस्न तथा कर्मचारीहरू घरबाटै काम गर्न बाध्य भएका छन् ।

कुनै समय सामान्य सुरक्षा चुनौतीका रूपमा लिइएका हुथी विद्रोहीहरू अहिले एक शक्तिशाली र संगठित सैन्य शक्ति बनेर साउदीमाथि धावा बोलिरहेका छन् ।

विश्वकै शीर्ष तेल उत्पादक मुलुक साउदी अरबको तेल व्यापार अहिले उनीहरुकै कारण चौपट छ । लाल सागर जोड्ने बाब अल मान्देव जलमार्गसहित महत्वपूर्ण व्यापारिक समुद्री मार्गहरूमा आफ्नो उपस्थिति बढाएर उनीहरूले व्यापार प्रभावित गरिदिएका छन् ।

साउदीले यमनको सरकारी सेनालाई सहयोग गर्छ । त्यहीकारण पनि इरानको समर्थन पाएका हुथीहरूले साउदी अरबमाथि लगातार आक्रमण गरिरहेका छन् । हुथीको लक्ष्य यमनको सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गर्नु हो ।

यस्तो परिस्थितिमा अहिले युद्ध यमनको सरकारी सेना र हुथीबीचमा मात्रै सीमित छैन । साउदी अरबसम्मै फैलिएको छ । आफ्नो बलियो मानिएको हवाई रक्षा प्रणाली (एयर डिफेन्स) किन हुथीको आक्रमण रोक्न असफल भयो भन्नेबारे साउदी अरबले छानबिन सुरु गरेको छ । यससँगै अब हुथीविरुद्ध कसरी अघि बढ्ने र विद्रोहीहरूले आगामी दिनमा के कदम चाल्न सक्छन् भन्ने विषयमा पनि साउदीले रणनीतिक समीक्षा गरिरहेको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) का अनुसार साउदी अरब अमेरिकी हतियारको विश्वकै सबैभन्दा ठूलो खरिदकर्ता हो ।

सन् २०२१ देखि २०२५ को अवधिमा अमेरिकाले निर्यात गरेका कुल हतियारमध्ये १२ प्रतिशत साउदी अरब एक्लैले खरिद गरेको थियो । ग्लोबल आम्स ट्रान्सफर ट्रयाकका अनुसार साउदीले वर्षौंदेखि अमेरिकी एफ–१५ लडाकु विमान, प्याट्रियट एयर डिफेन्स सिस्टम, अत्याधुनिक राडार र आक्रामक मिसाइल प्रणालीहरू खरिद गर्दै आएको छ ।

साउदी अरबको सन् २०२६ को वार्षिक बजेटमा सैन्य खर्चका लागि मात्रै ८३ अर्ब अमेरिकी डलर छुट्याइएको छ । यसै वर्षको सुरुमा साउदीले वासिङ्टनसँग ७३० वटा प्याट्रियट मिसाइल खरिद गर्न ९ अर्ब डलरको सम्झौतासमेत गरेको थियो । अत्याधुनिक हतियार भए पनि साउदी अरबका आफ्नै जटिलता छन् ।

भूगोलका हिसाबले साउदी विश्वको १२ औं ठूलो मुलुक हो । झन्डै २१ लाख ५० हजार वर्ग किलोमिटरमा फैलिएको भूभागलाई उसले रक्षा गर्नुपर्छ । यसैको फाइदा हुथीहरूले उठाइरहेका छन् । यो देशका महत्वपूर्ण ऊर्जा केन्द्र, नागरिक पूर्वाधार र सैन्य संरचनाहरू सुदूर क्षेत्रहरूमा छरिएर रहेका छन् ।

यमनसँगको साउदीको सीमा १३ सय किलोमिटरभन्दा बढी छ । यो सीमा क्षेत्र दुर्गम मरुभूमिमा फैलिएको छ । साउदी विश्लेषक अली सिहाबीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साउदी अरबजति ठूलो देशले प्रत्येक मिसाइललाई हावामै रोक्न सकोस् भन्ने अपेक्षा गर्नु व्यावहारिक हुँदैन । कुनै पनि रक्षा प्रणालीले शतप्रतिशत सुरक्षाको ग्यारेन्टी दिन सक्दैन ।’

क्षेत्रीय अधिकारीहरूका अनुसार हुथीले लगातार आक्रमण गरेकाले साउदी अरबसँग आक्रमण रोक्ने ‘इन्टरसेप्टर मिसाइल’ हरूको अभाव हुन थालेको छ । उसले मित्र राष्ट्रहरूसँग सहयोग मागिरहेको छ । साउदी अरबले हालै पाकिस्तान र टर्कीसँग संयुक्त रक्षा सम्झौता गरेको थियो ।

तर, अहिलेसम्म ती दुवै देशहरू हुथीसँगको युद्धमा प्रत्यक्ष सहभागी भएका छैनन् । उनीहरूले सीमित सहयोग मात्र गरेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हुथीविरुद्धको साउदी सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुने भन्नेबारे मूल्यांकन भइरहेको बताएका छन्, तर यसबारे अन्तिम निर्णय भइसकेको छैन ।

आफ्नो मुख्य समर्थक इरानजस्तै हुथी विद्रोहीहरूले पनि ड्रोन र मिसाइल आक्रमणमा जोड दिइरहेका छन् । हुथीहरूका लागि युद्ध मैदानमा सफलता पाउन साउदी अरबको सत्ता अपदस्थ गर्नु जरुरी छैन । साउदी अर्थतन्त्रलाई धराशायी बनाउनु र त्यहाँको समाजमा त्रास फैलाउनु नै उनीहरूका लागि पर्याप्त हुन सक्छ । यस्तो कार्यले भविष्यका वार्ताहरूमा उनीहरूको पल्ला भारी हुन सक्छ ।

हुथीहरूसँग १,००० माइलभन्दा बढी दूरीमा आक्रमण गर्न सक्ने मिसाइलसहितको ठूलो हतियारको भण्डार छ । उनीहरूका केही मिसाइलका ‘वारहेड’ हरूले उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्छन् । यस्ता अत्याधुनिक हतियार साउदीको हवाई रक्षा प्रणालीका लागि थप चुनौतीपूर्ण बनेका छन् ।

सन् २०२३ को अक्टोबरमा गाजा युद्ध सुरु भएयता यस समूहले इजरायलमाथि सयौँ ड्रोन र मिसाइलहरू प्रहार गरिसकेको छ । यद्यपि तीमध्ये अधिकांश हावामै निष्क्रिय पारिएका थिए, तर केही भने निशाना लगाउन सफल भए ।

किङ्स कलेज लन्डनका प्राध्यापक आन्द्रेयास क्रिगका अनुसार इजरायलको अत्याधुनिक वायु रक्षा प्रणालीलाई चुनौती दिएर प्राप्त गरेको यो अनुभवले हुथीहरूलाई आत्मविश्वासी बनाएको छ । ‘उनीहरूले राडार प्रणालीलाई कसरी एकैपटक अत्यधिक चाप दिएर निष्क्रिय बनाउने भन्ने तरिका सिकिसकेका छन्,’ उनले भने ।

साउदीका तेल संरचनाहरूलाई पनि निशाना बनाउन इराकका सहयोगी विद्रोही दस्ताहरूले पनि हुथीलाई साथ दिएका छन् । हर्मुज जलमार्गमा तेलको आयात–निर्यातमा इरानले अवरोध सिर्जना गरिरहेका बेला साउदीले आफ्नो अधिकांश तेलको हिस्सालाई पाइपलाइनमार्फत लाल सागरतर्फ डाइभर्ट गरेको थियो । ती पाइपलाइनहरूमा पनि हुथीले आक्रमण गरिरहेका छन् ।

यसबाहेक, हुथीहरूले लाल सागरको प्रमुख जलमार्ग ‘बाब अल–मन्देब’ आसपासका यमनी भूभाग कब्जा गरेका छन्, जसले साउदीको तेल निर्यातमा थप दबाब सिर्जना गरेको छ ।

साउदी अरबका लागि पूर्व अमेरिकी राजदूत माइकल रत्नेका अनुसार विमानस्थलजस्ता नागरिक पूर्वाधारमा हुथीले आक्रमण गर्दैनन् भन्ने साउदीको आकलन थियो, जो गलत साबित भयो ।

हाल ‘सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ मा सल्लाहकार रहेका रत्नेले भने, ‘साउदी अहिले दुविधामा छ । उनीहरूले आक्रमणको प्रतिवाद पनि गर्नु छ ।

साथै युद्ध नियन्त्रणबाहिर जानबाट पनि रोक्नु छ । उनीहरू चुप लागेर बस्न सक्दैनन्, किनकि उनीहरूका कट्टर शत्रुले अति नै निर्दयतापूर्वक आक्रमण गरेका छन्,’ उनले भने, ‘उनीहरूले हुथीहरूमाथि सैन्य दबाब बढाउनुपर्छ र त्यसपछि स्थिति शान्त पार्ने बाटो खोज्नुपर्छ ।’

यमनमा आफ्नै स्थलसेना पठाउनुको साटो साउदीले हुथीहरूविरुद्ध हवाई आक्रमण तीव्र पार्ने र यमनका राष्ट्रवादी बलहरूलाई दिइँदै आएको सहयोग बढाउने विश्लेषकहरूको भनाइ छ । ‘यो एक प्रकारको प्रोक्सी युद्ध हुनेछ,’ प्राध्यापक क्रिगले थपे ।

हुथीहरूसँग साउदी अरबको जस्तो आधुनिक सैन्य शक्ति र प्रविधि नभए तापनि इरानको सहयोगमा उनीहरूले यमनको करिब एक–तिहाइ भूभाग नियन्त्रण गरिसकेका छन् ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सन् २०२४ सम्ममा हुथीहरूसँग ३ लाख ५० हजारभन्दा बढी लडाकुहरू संगठित भइसकेका छन् । जबकि, सन् २०१५ मा साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको पक्षमा लागेर हुथीविरुद्ध आक्रमण गर्दा उनीहरूसँग ३० हजार मात्रै लडाकु थिए ।

पूर्व राजदूत रत्नेका अनुसार हुथी र इरानबीच अहिले सहकार्यको सम्बन्ध छ । उनीहरूलाई केवल इरानको इसारामा चल्ने ‘कठपुतली’ का रूपमा मात्र हेर्न नहुने क्रिगले बताएका छन् ।

साउदी अरबका विमानस्थल र आर्थिक संरचनाहरूमा भएका हालैका आक्रमणहरूले हुथी र इरानबीच युद्धकलाका अनुभव आदान–प्रदान भएको देखाउँछन् ।

उनीहरूले साउदीका महँगा वायु रक्षा प्रणालीहरूलाई निष्प्रभावी बनाउने मात्र होइन, जोखिममा रहेका ऊर्जा संरचनाहरूमा क्षति पुर्‍याउने र विश्वव्यापी समुद्री व्यापारिक मार्गहरूलाई नियन्त्रणमा लिने गरी बनाएका उनीहरूका रणनीति उस्तै छन् ।

साउदी अरबका लागि पूर्व अमेरिकी राजदूत माइकल रत्नेका अनुसार विगत केही वर्षयता इरानले युद्धका नयाँ प्रविधि र रणनीतिहरू विकास गर्दै आएको छ । हुथी र इरानले आफ्ना अनुभव र प्रविधि आदान–प्रदान पनि गरिरहेका छन् ।

‘उनीहरू दुवै समान रणनीति र दृष्टिकोणमा पुग्नु कुनै संयोग मात्र होइन,’ रत्नेले भने ।

बेलायतस्थित थिंकट्यांक ‘क्याथम हाउस’ मा यमनमामिला हेर्ने अनुसन्धानकर्ता फारिया अल–मुस्लिमीका अनुसार पछिल्ला सैन्य सफलताहरूले हुथीहरूमा आफूलाई कसैले केही गर्न नसक्ने घमण्ड बढाएको छ ।

‘हातमा बन्दुक बोकेर लगातार अगाडि बढिरहेको मानिसलाई उसले गलत बाटो रोजिरहेको छ भनेर सम्झाउन निकै गाह्रो हुन्छ,’ अल–मुस्लिमीले भने । तर, यो उन्मादबीच हुथीहरूले अब साउदी अरबबाट भयानक र निर्मम जवाफी कारबाहीको सामना गर्नुपर्ने सम्भावना बढेको चेतावनी पनि उनले दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

२६ कात्तिक, काठमाडौं । यमनमा अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको छ । साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् । सुरक्षा स्रोतका अनुसार आक्रमणमा सरकारसम्बद्ध सुरक्षा बलका …

#हुथी #सुरक्षा #विद्रोही
Compare →
Hamro Patro News
7h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#हुथी #सुरक्षा
Compare →
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी
Compare →
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#विद्रोही #संघर्ष
Compare →

Related Stories

World News
Build #2611