Trending
Prev Story
Next Story

एनएसए पौडीमा इर्भिन र डुवाना उत्कृष्ट

Ekantipur •
October 14, 2026 • 07:34 AM
1
1 reads 0 reactions

सात स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा पुरुषतर्फ चार स्वर्ण र दुई रजत जितेका नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

एनएसए पौडीमा इर्भिन र डुवाना उत्कृष्ट

सात स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा पुरुषतर्फ चार स्वर्ण र दुई रजत जितेका नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

काठमाडौँ — निसर्ग बाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगितामा टिम च्याम्पियन ट्रफी जितेको छ । ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।

सात स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा पुरुषतर्फ चार स्वर्ण र दुई रजत जितेका नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी संघले जानकारी दिएको छ । इर्भिनले ६ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए भने अभिभ प्रधानले चार र जाडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतालगायतले पुरस्कार प्रदान गरे ।

दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडीपोखरीमा भएको हो । बेइजिङमा डिसेम्बरमा हुने सर्टकोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि प्रतियोगिता गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण

चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।

#जिते #स्वर्ण
Compare →
Hamro Patro News
1w ago
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप: २४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप: २४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ। नेपाल पौडी संघ...

#स्वर्ण #क्लब
Compare →

Related Stories

National (Nepal)
Build #2612