Trending
Prev Story
Next Story

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

Ekantipur •
November 07, 2026 • 05:32 AM
1
1 reads 0 reactions

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगन्ज म्याराथनसँग कम्युनिटी पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ ।

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

विश्व म्याराथनको एकमात्र प्रतिष्ठित पुरस्कार एम्स सोसल अवार्ड २०२६ बाट सम्मानित नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष इश्वरीजंग मल्लबीच सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता पाँच वर्षका लागि गरिएको बताइएको छ । ह्वीलचेयर ३ किमी रेसमा विशेष सहयोग गर्नुका साथै आफ्ना सम्पूर्ण सदस्यलाई कुनै न कुनै विधामा औपचारिक ढंगले दौडाउने रोटरीको तयारी रहेको छ ।

‘रोटरीसँग जोडिएका सबैलाई कुनै न कुनै रूपमा जोड्छौं,’ बाँकेका अध्यक्ष मल्लले भने, ‘समुदायलाई दौड संस्कृतिसँग जोड्दै सामाजिक एकताको अभियानमा हाम्रो सदैव साथ रहनेछ, गभर्नरज्यू नै यस अभियानमा निकै सकारात्मक हुनुहुन्छ ।’ रोटरीमा विभिन्न पेसाका उद्यमी, डाक्टर, इन्जिनियर, सीए, बैंकर, शिक्षक र पत्रकार आबद्ध छन् ।

धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण यही मंसिर १२ गते शनिबार नेपालगन्जमा हुने भएको छ । यस वर्ष १२ वटा सामुदायिक संस्थासँग कम्युनिटी पार्टनरका रूपमा काम गर्ने तयारी भएको दर्ता विभाग प्रमुख गगन थापाले जानकारी दिए ।

स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, ५ किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्रछात्रा दौड, ३ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, ३ किमी ह्वीलचेयर रन, २ किमी फेमिली रन र ३ किमी रन फर अल गरी १२ विधा समावेश गरिएको छ ।

म्याराथन (४२ किमी) पुरुष खुला भए पनि महिलाले आफ्नो व्यक्तिगत समयका लागि दौडिन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइने छ ।

त्यसैगरी महिला हाफ म्याराथन (२१ किमी) महिलाका लागि भए पनि पुरुष धावकले समय सुधारका लागि दौडिन चाहेमा विद्युतीय चिप्स प्रदान गरिने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

४२ किमीतर्फ विभिन्न उमेर समूहमा वरियता क्रम निकालिनेसमेत उनले जानकारी दिए । यसमा ४० देखि ५० वर्ष, ५० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरेर प्रोत्साहन गरिनेछ ।

एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समेत समावेश गरिँदै आएको छ । यस पटक पनि गरिनेछ । साथै उमेर समूहको वर्ल्ड च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गरिनेछ ।

त्यसैगरी विभिन्न विधाका शीर्ष धावकहरूलाई मेजर म्याराथनलगायत वर्ल्ड एथ्लेटिक्सका प्लेटिनम, गोल्ड, इलाईट र लेभल रेसहरूमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । नेपालगन्ज म्याराथन सन् २०१५ देखि अविच्छिन्न रूपमा सञ्चालन हुँदै आएको दौड हो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

२२ कात्तिक, काठमाडौं । रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता …

#रोटरी #क्लब
Compare →
Hamro Patro News
4d ago
नेपालगन्जमा दुई बिजुली पसलमा भीषण आगलागी, ३ करोडको क्षति

नेपालगन्जमा दुई बिजुली पसलमा भीषण आगलागी, ३ करोडको क्षति

बाँके : बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल...

#बाँके #नेपालगन्ज
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।

#क्लब
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →

Related Stories

National (Nepal)
Build #2611