Trending
Prev Story
Next Story

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लघंन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका …

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लघंन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए ।

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
5h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#सवारीसाधन #काठमाडौं
Compare →
Nagarik News
5h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#सवारीसाधन #काठमाडौं
Compare →
Ekantipur
4h ago
बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

#सवारीसाधन
Compare →

Related Stories

National (Nepal)
Build #2611