काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै छ जना घाइते भएका छन् ।
दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँ बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो । उपचारका क्रममा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )