ललितपुरको सदरमुकाम पाटनबाट दक्षिणतर्फ करिब १५ किलोमिटर दूरीमा डुकुछाप गाउँ छ । साविक डुकुछाप गाविस हाल गोदावरी नगरपालिका–८ मा पर्छ । क्षेत्री, तामाङ, नेवारलगायत विभिन्न समुदायको बसोबास रहेको यस वडामा दनुवार समुदायको पनि शताब्दीयौँ पुरानो इतिहास छ । यहाँ करिब ६०० घरधुरी दनुवार समुदायको बसोबास रहेको बताइन्छ ।
दनुवार समुदाय नेपालको मौलिक आदिवासी जनजातिमध्ये एक हो । आफ्नै सामाजिक पहिचान, भाषा, परम्परा, संस्कार र जीवनशैली रहेको यस समुदायले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । तर, अन्य समुदायसँगको घुलमिल, बसाइँसराइ, आधुनिक जीवनशैली र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यसको मौलिक पहिचानमा परिवर्तन देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )