Trending
Prev Story
Next Story

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

Nagarik News •
November 12, 2026 • 09:32 AM
1
1 reads 0 reactions

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४, सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहा कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा उनलाई भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रस्थित नेपाल–भारत सीमा नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रेस विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएका हुन्।

प्रकाशित: २६ कार्तिक २०८३ १५:१७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ...

#कारागार #फरार #पर्सा
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

२६ कात्तिक, जनकपुरधाम । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि …

#कारागार #फरार #पर्सा
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#कारागार #फरार #कैदी
Compare →

Related Stories

World News
Build #2611