Trending
Prev Story
Next Story

भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक १० मध्ये चालकसहित २ जनाको पहिचान खुल्यो

Ekantipur •
November 12, 2026 • 07:01 AM
1
1 reads 0 reactions

सर्लाही हिँडेको माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो, ६ जना घाइते भएका छन् ।

भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक १० मध्ये चालकसहित २ जनाको पहिचान खुल्यो

सर्लाही हिँडेको माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो, ६ जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाका १० मृतकमध्ये २ जनाको पहिचान खुलेको छ । चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का रविशंकर कुमार मण्डल र सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका सुवेक यादवको पहिचान खुलेको हो । अन्य ८ जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढी नजिक बिहीबार बिहान करिब ५:४५ बजे दुर्घटनामा परेको थियो । सडकबाट करिब ७ सय मिटर तल खस्दा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको हो । एक तीन वर्षीय बालकलाई भने दुर्घटनास्थलभन्दा केही माथि डाँडामा जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । उनीहरु ललितपुरको टीकाथलीबाट छठ मनाउन गाडी रिजर्भ गरेर गाउँ फर्कंदै गरेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#पहिचान #दुर्घटना #अपडेट
Compare →
Onlinekhabar
2h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#सर्लाही #दुर्घटना #भीमफेदी
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#भीमफेदी #दुर्घटना #मृतक
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#भीमफेदी #दुर्घटना
Compare →
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2611