Trending
Prev Story
Next Story

विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन

Ekantipur •
November 12, 2026 • 07:01 AM
1
1 reads 0 reactions

प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन

प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पोखरा एभेन्जर्सले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विवेक रानामगरको स्थानमा सागर ढकाल र माहेदी हसनको स्थानमा श्रीलंकाली अलराउन्डर रमेश मेन्डिसलाई खेलाएको छ ।

विराटनगर किंग्सले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । टोलीले अघिल्लो खेल खेलेको टोलीबाट नारायण जोशीको स्थानमा प्रतिश जिसी तथा एन्ड्रे रसेल र शुभम रन्जनेको स्थानमा चारिथ असलंका र इसुरु उडानालाई खेलाएको छ । रसेल पहिलो ५ खेल खेलेर फर्किसकेका छन् ।

प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । विराटनगर ५ खेलमा २ जित र ३ हारसहित ४ अंकसहित छैटौं र पोखरा ५ खेलमा १ जितसहित २ अंकका साथ आठौं स्थानमा छ । पहिलो चार खेलमा पराजित पोखराले अघिल्लो खेलमा कर्णाली याक्सलाई स्तब्ध पारेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल : विराटनगरको तेस्रो जित, प्लेअफ हाेडबाट बाहिरियाे पोखरा

एनपीएल : विराटनगरको तेस्रो जित, प्लेअफ हाेडबाट बाहिरियाे पोखरा

काठमाडौं । काठमाडाैंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो।

#पोखरा #विराटनगर
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा #विराटनगर
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#पोखरा #विराटनगर
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#पोखरा #विराटनगर
Compare →

Related Stories

Sports
Build #2611