Trending
Prev Story
Next Story

एनपीएल खेल्न काठमाडौं आइपुगे साहिबजादा फरहान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन् । उनले कर्णाली याक्सबाट आईपीएल खेल्दैछन् । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि …

एनपीएल खेल्न काठमाडौं आइपुगे साहिबजादा फरहान

७ कात्तिक, काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन् । उनले कर्णाली याक्सबाट आईपीएल खेल्दैछन् ।

३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनको स्ट्राइक रेट १३९.४९ रहेको छ।

फरहानले समग्र टी–२० क्रिकेटमा १८६ खेल खेल्दै ५ हजार ७७५ रन बनाएका छन्। उनले यस प्रारूपमा नौ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्। उनको उच्चतम स्कोर अविजित १६२ रन हो।

घरेलु क्रिकेटमा समेत अनुभव बटुलेका फरहानले प्रथम श्रेणी क्रिकेटका ६३ खेलमा ४ हजार ७९६ रन बनाएका छन्। लिस्ट ए क्रिकेटमा उनले ८१ खेलबाट ३ हजार १६५ रन जोडेका छन्।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

शाहिबजादा फरहान घरेलु क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा लामो समयदेखि चर्चामा थिए। तर, अन्तर्राष्ट्रिय क्रिकेटमा नियमित अवसर पाउन उनले करिअरको तुलनात्मक रूपमा पछिल्लो चरणसम्म कुर्नुपर्‍यो।

घरेलु क्रिकेटमा आफ्नो पहिचान बनाएको टी–२० प्रारूपबाटै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नियमित खेल्ने अवसर पाए। सन् २०२५ मा इस्लामाबाद युनाइटेडबाट गरेको उत्कृष्ट प्रदर्शनले उनलाई पाकिस्तानको टी–२० अन्तर्राष्ट्रिय टोलीको पहिलो रोजाइका ओपनरका रूपमा स्थापित गर्न मद्दत गर्‍यो।

फरहानको ब्याटिङ शैली आकर्षकभन्दा प्रभावकारी र परिस्थितिअनुसार खेल्न सक्ने खालको छ। उनले १७ वर्षको उमेरमै घरेलु टी–२० क्रिकेटमा पदार्पण गरेका थिए। यद्यपि, प्रथम श्रेणी क्रिकेटमा उनले सबैभन्दा धेरै रन बनाए। सन् २०१६ देखि नौ वर्षको अवधिमा उनले ४ हजार ५०० भन्दा बढी रन बनाएका थिए, जसमा उनको औसत ४५ भन्दा माथि थियो।

घरेलु क्रिकेटमा देखाएको प्रतिभाका कारण फरहानले सन् २०१८ मा २२ वर्षको उमेरमा हरारेमा आयोजित त्रिकोणात्मक शृङ्खलामा अस्ट्रेलियाविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा पदार्पण गर्ने अवसर पाए। तर, तीन खेलपछि उनी टोलीबाट बाहिरिए र सन् २०२४ सम्म पाकिस्तानको राष्ट्रिय टोलीमा पुनः खेल्न पाएनन्।

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता दिन नसक्नु उनको करिअरमा बारम्बार देखिएको चुनौती थियो। तर, सन् २०२५ को पाकिस्तान सुपर लिगमा उनले आफ्नो प्रदर्शनमा सुधार ल्याएको संकेत गरे। इस्लामाबाद युनाइटेडबाट १२ खेलमा ४४९ रन बनाएपछि उनी पुनः पाकिस्तानको टी–२० अन्तर्राष्ट्रिय टोलीमा फर्किए।

त्यसपछि बंगलादेश र वेस्ट इन्डिजविरुद्धका शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गरे। छ इनिङ्समा तीन अर्धशतक बनाउँदै फरहानले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दाबेदारी बलियो बनाए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

काठमाडौँ। सुुदुर पश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएर्ल) तेस्रो संस्करणको प्ले अफमा प्रवेश गरेको छ। सुदूर पश्चिमले शुक्रवार भएको खेलमा काठमाडौँ गुर्खाजलाई ७ रनले हराएको हो। विजयी सुदूरको सबै खे...

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Nagarik News
8h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #काठमाडौं
Compare →
Arthasansar
4h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
8h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2611