Trending
Prev Story
Next Story

राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

Nagarik News •
October 24, 2026 • 05:15 AM
2
2 reads 0 reactions

अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'

राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन। यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ।

लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए। 'अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ। उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसको मर्मत हुन सकेको छैन। मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा नोहाले जानकारी दिए।

त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ। अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल नौ मात्र सञ्चालनमा छन्। बाँकी बिग्रिएका छन्। यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उनले बताए। यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिए। हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शय्याको छ।

प्रकाशित: ७ कार्तिक २०८३ ११:०० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकस...

#अस्पताल #बिरामी
Compare →
Onlinekhabar
13h ago
जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

२७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् । जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रडक जाम गरेका हुन् । तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ …

#अस्पताल #प्रादेशिक
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →
Ekantipur
16h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2611