Trending
Prev Story
Next Story

मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी …

मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे

७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अनुबन्ध गरेको हो । उनी एनपीएलको इतिहासमा सहभागी मध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन् ।

‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौं । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेविड मिलर, पाकिस्तानका टी–२० टिमका कप्तान साहिबजादा फरहान र हुसैन तलतलाई अनुबन्ध गरेका छौं । यसले कर्णाली याक्सलाई मात्रै नभएर, एनपीएल देखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु’ घिमिरेले भने ।

कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको पनि बताए । ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेविड मिलर, फर्हान र तलात जस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौं’ उनले भने ।

अध्यक्ष घिमिरेले यसपटक उपाधि जित्ने लक्ष्यसहित योजना बनाइरहेको बताएका छन् । ‘हामीले अहिलेसम्म प्लेअफ खेलेका छौं । यसपटक उपाधि जित्ने लक्ष्यसहित विश्व चर्चित खेलाडी अनुबन्ध गरेका छौं । हाम्रो ध्यान उपाधि मै केन्द्रित हुनेछ’ उनको भनाइ छ ।

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् । भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन् ।

उनले आइपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल उपाधि जित्दा मुलर मुख्य खेलाडी थिए । मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई शतक र ९ अर्धशतक प्रहार गरेका थिए ।

डेभिड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौं विदेशी हुन् । यसअघि क्लबले पाकिस्तान टी–२० क्रिकेटका कप्तान साहिबजादा फरहानसँगै पाकिस्तानकै चर्चित अलराउन्डर हुसैन तलतलाई अनुबन्ध गरेको थियो । त्यसबाहेक टिमले दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट, अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरेको छ ।

यस्तै, घरेलु खेलाडीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरिसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#मिलर #कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#मिलर #कर्णाली
Compare →
Bizshala
13h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →
Hamro Patro News
1d ago
पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट ग...

#कर्णाली #मिलर
Compare →

Related Stories

Technology
Build #2612