Trending
Prev Story
Next Story

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

Nagarik News •
October 24, 2026 • 12:41 AM
1
1 reads 0 reactions

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुनेयस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।

ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए। उनका अनुसार उक्त नाच हरेक १२ दिनसम्म साँझ ७ बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।

'यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, प्रत्येक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ, यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ, सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच चलाएको जनविश्वास छ,' उनले भने।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ। अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ। यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ।

'यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो। सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्यायाए भनिन्छ। अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० देखि १२ दिनसम्म मात्रै सीमित गरिएको छ,' उनले भने।

यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक संजय शर्मा राजोपाध्यायले बताए। 'कार्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ। यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ। जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ,' उनले भने।

मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो। मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको हो। यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ।

'सत्ताइस दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ, तर हाल यस नाचलाई दस देखि बाह्र दिनमा खुम्च्याइएको छ। विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो। विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो। यी दुई दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो,' राजोपाध्यायले भने।

कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६० सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउँछन्। 'विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो। विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो। यस वर्ष १२ दिन देखाइदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन। सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ। नाचका लागि अभ्यासमा धेरै समय लाग्छ,' उनले भने।

लामो समय नाच देखाउन आर्थिक अभाव हुने कलाकार राजोपाध्यायको भनाइ छ। कलाकारहरुले व्यावसायिक रुपले यस क्षेत्रमा समय दिन नसकेका कारण कार्तिक नाच देखाउन पनि समस्या भएको उनको भनाइ छ।

'कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ, कलाकारहरु विदेश पलायन हुँदै जाने समस्याका साथै नयाँ पुस्तामा भाषागत समस्या बढ्दै गइरहेको छ भने अर्कोतर्फ सरकारी पक्षबाट समेत यसका लागि पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन,' उनी भन्छन्।

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा रु दस करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०८३ ०६:२६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
कार्तिक नाच सुरु, तस्बिरहरू

कार्तिक नाच सुरु, तस्बिरहरू

काठमाडाैँ । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु भएको छ। यस वर्ष कार्तिक नाच १२ दिनसम्म प्रदर्शन गरिने भएको छ। कात्तिक ना...

#नाच #कार्तिक #प्रदर्शन
Compare →
Ekantipur
12h ago
पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

#नाच #प्रदर्शन #कात्तिक
Compare →
Bizshala
9h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#गते #कात्तिक
Compare →
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#गते #कात्तिक
Compare →

Related Stories

Technology
Build #2611