Trending
Prev Story
Next Story

डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी

Arthasansar •
September 07, 2026 • 02:28 PM
1
1 reads 0 reactions

कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष...

डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी

कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणका क्रममा डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको हो ।

प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदन अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत सम्म भेटिएको छ । प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा देखिएका खाद्य वस्तुलाई तत्काल उपभोग गर्न अयोग्य मानिन्छ । यसको अर्थ यस्ता तरकारी वा खाद्य पदार्थहरूमा विषादीको प्रभाव कम हुनका लागि केही दिन सुरक्षित रूपमा राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगशालाले यस डल्ले खुर्सानीको हकमा ‘केही दिन राखेर र पर्खिने’ वर्गमा राखेको छ ।

अन्य ९ वटा तरकारीका नमुनाहरू (जस्तैः साग, प्याज, बन्दा, गोलभेँडा, काँक्रो, काउली, परवल, भिण्डी र फर्सी) मा भने विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम रहेको र उपभोग योग्य पाइएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह किटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै... वाख्यै...’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार । भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय …

#डल्ले
Compare →
Nagarik News
4d ago
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।

#विषादी
Compare →
Hamro Patro News
1w ago
फल लाग्ने बेलामा अकबरे खुर्सानी मर्न थालेपछि किसान चिन्तित

फल लाग्ने बेलामा अकबरे खुर्सानी मर्न थालेपछि किसान चिन्तित

अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन्। मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरेखेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन्। बोट एकाएक पहेँलिने र ...

#खुर्सानी
Compare →

Related Stories

Business & Economy
Build #2611