Trending
Prev Story
Next Story

बजेट सहमति नजुट्दा लुम्बिनीमा राजनीतिक अनिश्चितता, मुख्यमन्त्री आचार्य संकटमा

Bizshala •
October 14, 2026 • 05:44 PM
1
1 reads 0 reactions

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्तारूढ नेकपा एमाले र नेपाली...

बजेट सहमति नजुट्दा लुम्बिनीमा राजनीतिक अनिश्चितता, मुख्यमन्त्री आचार्य संकटमा

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसकै सांसदहरू असन्तुष्ट बनेपछि मुख्यमन्त्री चेतनारायण आचार्य दबाबमा परेका छन्।

मन्त्री केन्द्रित र असमान रूपमा बजेट विनियोजन भएको आरोप लगाउँदै सांसदहरूले बजेट पुनर्लेखनको माग गरेका छन्।

१ असारमा सार्वजनिक गरिएको ३७ अर्ब ३८ करोड रुपैयाँको बजेटमाथि असन्तुष्टि बढेपछि प्रदेशसभामा छलफल अवरुद्ध हुँदै आएको छ।

असन्तुष्ट सांसदहरूले केही मन्त्रीको क्षेत्रमा ठूलो बजेट छुट्याइए पनि अन्य क्षेत्र उपेक्षित भएको दाबी गर्दै पुनर्लेखन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।

बजेटमा ‘पक्षपात र कमिसनमुखी’ योजना समावेश भएको आरोप पनि सांसदहरूले लगाएका छन्।

सत्तारूढ दलकै सांसदहरूले सरकारविरुद्ध अभियान चलाएपछि असार ११ गतेदेखि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ।

मुख्यमन्त्री आचार्यले छलफलपछि मन्त्रिपरिषद् निर्णयमार्फत समस्या सम्बोधन गर्ने संकेत गरेपनि सांसदहरूले तत्काल बजेट संशोधन र समानुपातिक पुनर्वितरणको माग गरिरहेका छन्।

कांग्रेस र एमाले दुवै दलका सांसदहरू असन्तुष्ट बनेपछि बजेट पारित हुने प्रक्रिया अनिश्चित बनेको छ।

सरकारका केही मन्त्रीहरूले भने समस्या समाधानको प्रयास भइरहेको दाबी गरेका छन् भने विपक्षी र असन्तुष्ट सांसदहरूले बजेटको ‘भण्डाफोर’ गर्दै पुनर्लेखन अनिवार्य रहेको अडान दोहोर्याएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

काठमाडौं– साविक विजेता लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्ले-अफ प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प...

#काठमाडौं #लुम्बिनी
Compare →
Ekantipur
8h ago
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी
Compare →
Onlinekhabar
8h ago
हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग

हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग

हरिवंश आचार्य, जसलाई तपाईंले अनेक रूपमा देख्नुभयो । कहिले छट्टु वनपाले देख्नुभयो, कहिले भोलाभाला तल्सिङ । कहिले विद्रोही युवा देख्नुभयो, कहिले संस्कारी बाजे । उनले अनेक जीवन बाँचे । अभिनयको आलोकमा उभिएर समाजलाई किस्ता किस्तामा …

#आचार्य
Compare →

Related Stories

Business & Economy
Build #2611