Trending
Prev Story
Next Story

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

Ekantipur •
November 13, 2026 • 10:31 AM
1
1 reads 0 reactions

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

लुम्बिनी — एकनासको गुञ्जायमान पवित्र वाणी । छेउमा हजारभन्दा बढी बुद्धका प्रतिमा छन् । पहेँलो र गेरुवस्त्र लगाएकाहरू प्रार्थना गरिरहेका छन् । कहिले थेरावादी त कहिले महायानीहरू धार्मिक पाठ गरिरहेका छन् । उनीहरूले गरेको पाठलाई सात भाषामा अनुवाद गरेर सुनाइँदै छ । विश्व शान्तिको आँगन लुम्बिनी दुई सातादेखि आध्यात्मिक गतिविधिले गुल्जार बनेको छ ।

बाटोबाटोमा ठूल्ठूला समूहमा भिक्षु, भिक्षुणी, आनी र गुरुमा देखिन्छन् । उनीहरूसँगै उपासक–उपासिका पनि उत्तिकै छन् । चार–पाँच वर्षयता सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले निकै चहलपहल बढेको छ । अहिले लुम्बिनीमा ठूला आध्यात्मिक कार्यक्रम भइरहेका छन् । यसले लुम्बिनी क्षेत्र शान्तिका लागि पवित्र मन्त्रोच्चारण र आध्यात्मिक ऊर्जाले गुञ्जायमान बनेको छ । यहाँ भइरहेको बृहत् आध्यात्मिक भेलाले नेपाललाई फेरि एकपटक विश्वभर शान्तिको मुहानका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए ।

अहिले लुम्बिनीमा एकैसाथ तीनवटा ठूला विश्व शान्ति पूजा र प्रवचन भएका छन् । नेपालका श्रामणेरी आनीहरूले कार्तिक १३ देखि १५ गतेसम्म आठौँ विश्व शान्ति मोन्लम पूजा गरे । नेपाल बौद्ध लोटस श्रामणेरी संघद्वारा आयोजित कार्यक्रममा एक सय जना श्रामणेरी सहभागी थिए ।

श्रामणेरीहरूको कार्यक्रम भइरहँदा भारतको हिमाचल प्रदेशका बौद्ध धर्मावलम्बीले लुम्बिनीमा पाँचदिने प्रथम ताक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव गरे । मानव लगायत सम्पूर्ण जीवजन्तुको रक्षा, हित, सुख, शान्ति र दीर्घायुको कामना गर्दै महोत्सवमा महान् प्रणिधान प्रार्थना गरिएको थियो । कार्तिक २० गते सम्पन्न कार्यक्रममा तीन जना नेपाली प्रतिष्ठित धर्मगुरु फडो रिम्पोछे, माफ्तो रिम्पोछे र छेम्टो रिम्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रवचन दिएका थिए । कार्यक्रममा दुई सय ५० जना भिक्षु–भिक्षुणी सहभागी थिए । त्यस्तै अमेरिका, क्यानडा, मलेसिया, भियतनाम, चीन, हङकङ र थाइल्यान्डबाट एक सयभन्दा बढी उपासक–उपासिका सहभागी रहेको कार्यक्रम संयोजक खेम्पो लोप्हेलले बताए ।

यी दुई कार्यक्रमसँगसँगै लुम्बिनीस्थित थाउजेन्ड बौद्ध गुम्बामा कार्तिक १५ देखि २१ गतेसम्म सातदिने दोस्रो अन्तर्राष्ट्रिय प्रणिधान समारोह सञ्चालन भएको थियो । विभिन्न मुलुकका बौद्ध भिक्षु, भिक्षुणी तथा साधकहरू एकै ठाउँमा भेला भएर बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरेका थिए । विभिन्न बौद्ध परम्पराका अनुयायी सहभागी कार्यक्रममा पाली, संस्कृत, चिनियाँ, तिब्बती, भियतनामी र अंग्रेजीसहित विभिन्न भाषामा बुद्धवचन वाचन गरिएको थियो । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा पूजा र प्रवचन भएको थियो । उक्त कार्यक्रमलाई नेपाली, अंग्रेजी, फ्रेन्च, स्पेनिस, रसियन, जर्मन र मंगोलियन गरी सात भाषामा विदेशी अनुवादकले अनुवाद गरेका थिए ।

पहिलो चरणको सातदिने कार्यक्रम सम्पन्न भएपछि कात्तिक २२ देखि तीन दिन दोस्रो चरणको बुद्ध शिक्षा टिचिङ कार्यक्रम भएको थियो । कार्यक्रममा महायानी कानिङ सम्प्रदायका सम्मानित मूलगुरु छोकी निमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रवचन दिएका थिए । कार्यक्रममा १८ मुलुकका दुई सय ५० विदेशी सहभागी थिए । त्यस्तै मुलुकका विभिन्न ठाउँबाट आएका पाँच सयभन्दा बढी उपासक–उपासिका सहभागी थिए।

उक्त कार्यक्रम तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर आयोजना गरिएको हो । बौद्ध मान्यताअनुसार बुद्धले देवताको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती पात्रोअनुसार नवौँ महिनाको २२ औँ दिनमा मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिने खेम्पो पेमाले बताए ।

लामो समयपछि थलिएको लुम्बिनीको पर्यटन चलायमान बन्दै गएको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले बताए । आध्यात्मिक गतिविधि बढ्दै जाँदा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण थपिएर पर्यटकीय माहोल बनेको उनले बताए । त्यसैले अहिले विस्तारै लुम्बिनी घुम्न आउने पर्यटक बढ्दै गएका छन् । यसले सुस्ताएको लुम्बिनीको पर्यटकीय गतिविधिमा ऊर्जा थपिँदा व्यवसायी र पर्यटन उद्यमी उत्साहित भएको उनले बताए । ‘पर्यटक आगमन बढ्दा यहाँका व्यवसायी उत्साहित छन्,’ पर्यटन व्यवसायी पुरुषोत्तम अर्यालले भने, ‘अझ उनीहरूको बसाइ अवधि लम्ब्याउनेतिर लाग्न सके धेरै राम्रो हुन्थ्यो । यसका लागि योजना बनाउन लाग्नुपर्ने हुन्छ ।’

अहिले लुम्बिनीको पवित्रता र आध्यात्मिकतामा रमाउन पाउँदा आफूलाई शान्ति र सद्भावको ऊर्जा मिलेको जर्मनीका पर्यटक जेस्पर मोलरले बताए । उता समथर हरियाली फाँट, सफा मौसम, सुन्दर मन्दिर र दक्षिणतिर देखिने हिमशृङ्खलाको दृश्यले प्राकृतिक छटाको सम्यक् आनन्द प्रदान गरिरहेको अनुभूति भएको उनले बताए । यसले अहिले लुम्बिनी घुम्न आउनेहरू मन्त्रमुग्ध हुने गरेको उनी बताउँछन् । 'खुला आकाश र स्वच्छ मौसमले सजिएको उद्यानमा पुग्दा साँच्चै शान्तिको अनुभूति हुने,' उनले थपे, 'बुद्ध पूर्णिमाको अवसर पारेर एक रात त्यहाँ बिताउँदाको अनुभूति आफैँमा अनुपम रह्यो ।'

अहिले लुम्बिनीमा बढेको चहलपहल संख्यामा मात्रै सीमित नभएर शान्तिप्रति समर्पित आस्थावानहरूको उपस्थितिले पनि अर्थपूर्ण बनेको लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बताए । यसले लुम्बिनीको आध्यात्मिक पर्यटन विकासमा ठूलो सहयोग पुर्‍याइरहेको उनले बताए । सन् २०२५ को तुलनामा २०२६ मा लुम्बिनी आउने पर्यटक करिब १२ प्रतिशत बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए । लुम्बिनी मुलुकमा सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने गन्तव्य हो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको प्लेअफमा पहिलो स्थान बनाउने टोली लुम्बिनी लायन्स बनेको छ।

#लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

Education & Youth
Build #2611