भियना। अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा संलग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ। अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो।
उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ। अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )