Trending
Prev Story
Next Story

विगततर्फ फर्केर आफ्ना कमजोरी र गुनासाबारे छलफल गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

Nagarik News •
October 13, 2026 • 07:10 AM
1
1 reads 0 reactions

संघीयता कार्यान्वयन भएको लामो अवधिमा प्रदेशको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले नै संघीय सरकारको नेतृत्व गरेको स्मरण गर्दै पाण्डेले विगतका कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने बताए।

विगततर्फ फर्केर आफ्ना कमजोरी र गुनासाबारे  छलफल गर्नुपर्छ :  मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संविधान संशोधनका बेला प्रदेशका अधिकार र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने बताए।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै पाण्डेले २०७५ सालदेखि नै प्रदेशले उठाउँदै आएका विषय अझै सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले संघीय सरकारले अपेक्षित भूमिका निर्वाह नगरेको गुनासो गरे। तर, गुनासो मात्रै गरेर अघि बढ्न नसकिने उनको भनाइ थियो।

‘२०७५ सालदेखि पटक–पटक उठाएका कुराहरू अहिले पनि उठाइरहेका छौँ। संघीय सरकारले त्यो खालको भूमिका निर्वाह गरेन भन्ने हाम्रो सधैँभरि गुनासो छ। तर अब गुनासा मात्रै गर्ने तहबाट अगाडि नबढौँ,’ उनले भने।

संघीयता कार्यान्वयन भएको लामो अवधिमा प्रदेशको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले नै संघीय सरकारको नेतृत्व गरेको स्मरण गर्दै पाण्डेले विगतका कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने बताए।

‘अहिले हामी जो यो कुर्सीमा बसेका छौँ, हाम्रा आबद्ध भएका राजनीतिक दलहरूले नै संघीयताको १० वर्षमा मुलुकको नेतृत्व गरेका छन्,’ उनले भने, ‘त्यसैले विगततर्फ फर्केर आफ्ना कमजोरी र गुनासाबारे पनि छलफल गर्नुपर्छ।’

संघ, प्रदेश र स्थानीय तहको अधिकार तथा जिम्मेवारीमा स्पष्टता नहुँदा काम गर्ने क्रममा अन्योल हुने गरेको उनले बताए। कुन काम संघले गर्ने, कुन प्रदेशले गर्ने र कुन स्थानीय तहले गर्ने भन्ने विषय स्पष्ट रूपमा छुट्याउनुपर्ने उनको भनाइ थियो।

साथै पाण्डेले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले गरेका राम्रा कामसँगै आफ्ना कमजोरीबारे पनि खुला छलफल गर्नुपर्ने बताए।

‘जनताले सुन्ने र बुझ्ने गरी बुझाउनुपर्छ। हामीले गरेका कमजोरीबारे पनि छलफल गर्नुपर्छ। आफ्ना कमजोरीलाई ढाकछोप मात्रै गर्‍यौँ र छलफल गर्न खोजेनौँ भने त्यसले हामीलाई गन्तव्यमा पुर्‍याउँदैन,’ उनले भने।

अनुभव आदानप्रदानलाई सम्मेलनको मुख्य उद्देश्य बनाउनुपर्ने उल्लेख गर्दै उनले प्रदेशहरूले अपनाएका राम्रा अभ्यास र भोगेका समस्यालाई छलफलको विषय बनाइएको बताए।

प्रकाशित: २७ आश्विन २०८३ १२:५५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
संघीयताको समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। मुगुको रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्याया...

#मुख्यमन्त्री #संघीयता #गर्नुपर्छ
Compare →
Onlinekhabar
1w ago
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा …

#मुख्यमन्त्री #संघीयता #गर्नुपर्छ
Compare →
Ekantipur
1w ago
बालमृत्यु, कुपोषण र बालविवाह घटाउने विशेष कार्यक्रम ल्याउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

बालमृत्यु, कुपोषण र बालविवाह घटाउने विशेष कार्यक्रम ल्याउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

संघीय सरकारकी मन्त्री सीता बादीसँगको भेटमा उनले कर्णालीका कमजोर सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि थप कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने बताए।

#मुख्यमन्त्री #संघीय
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →

Related Stories

National (Nepal)
Build #2611