Trending
Prev Story
Next Story

दुई लाख मूल्यभन्दा बढीको पटाकासहित अटो चालक पक्राउ

Ekantipur •
October 23, 2026 • 08:30 AM
1
1 reads 0 reactions

कोइलाबास नाका हुँदै अटोमार्फत पटाका ल्याइरहेका बेला प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट उनलाई पक्राउ गरेको हो ।

दुई लाख मूल्यभन्दा बढीको पटाकासहित अटो चालक पक्राउ

कोइलाबास नाका हुँदै अटोमार्फत पटाका ल्याइरहेका बेला प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट उनलाई पक्राउ गरेको हो ।

दाङ — अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डी निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

२६ कात्तिक, हेटौंडा । भीमफेदी गाउँपालिकाको देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक भिरबाट एउटा यात्रुबहाक भ्यान दुर्घटना भएको छ । जसमा परी ११ जनाको घटनास्थलमै मृत्यु भृको छ भने ६ जना घाइते छन् ।...

#गाउँपालिका #चालक
Compare →
Nagarik News
2d ago
अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर

अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा पर्ने सडकखण्डमा बुधबार दुर्घटना भएको हो।

#गाउँपालिका #अटो
Compare →

Related Stories

National (Nepal)
Build #2611