९ मंसिर, म्याग्दी । म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा हुनुका साथै भिर्त्याउने समयमा पनि मौसम अनुकूल हुँदा उत्पादन बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )