बागलुङ । बसाइँसराइँले खेतबारी बाँझो रहने समस्या बढिरहेका बेला राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ । जैमिनी नगर समितिले श्रम शिविरका रूपमा जैमिनी नगरपालिका–५ बिनामारे चनौटेमा ३३ रोपनी खेत भाडामा लिएर यस वर्ष धान खेती गरेको हो ।
बसाइँसराइँले रित्तिन थालेको गाउँमा खेतीयोग्य जमिनको सदुपयोग गर्न श्रम शिविरमार्फत सामूहिक खेती गरिएको पार्टीका नगर समिति सल्लाहकार केबी थापाले बताए । अहिले थोरै क्षेत्रबाट खेती सुरु गरेको सुनाउँदै उनले आगामी दिनमा क्षेत्र विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )