Trending
Prev Story
Next Story

आफ्नो खेत बाँझै, विदेशी उत्पादनले भरिँदै नेपाली भान्सा

Nagarik News •
November 25, 2026 • 09:51 AM
8
8 reads 0 reactions

भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा तरकारी तथा कन्दमूलजन्य वस्तु आयातमा १५ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ।

आफ्नो खेत बाँझै, विदेशी उत्पादनले भरिँदै नेपाली भान्सा

कृषिप्रधान मुलुकका रूपमा चिनिने नेपाल आधारभूत खाद्यान्न तथा कृषि उपजमा समेत विदेशी बजारमा निर्भर बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा फलफूल, तरकारी र खाद्यान्न आयातका लागि मात्रै ३७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा तरकारी तथा कन्दमूलजन्य वस्तु आयातमा १५ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै, फलफूल तथा बदामजन्य वस्तु आयातमा १२ अर्ब १७ करोड र प्रमुख खाद्यान्न आयातमा ९ अर्ब ७७ करोड रुपैयाँ बाहिरिएको छ।

आयातको यो तथ्याङ्कले दैनिक उपभोगका आधारभूत कृषि उपजमा समेत नेपालको आन्तरिक उत्पादनले माग धान्न नसकेको र विदेशी बजारमाथिको निर्भरता कायमै रहेको देखाउँछ।

खाद्यान्न आयाततर्फ चामल र गहुँको हिस्सा उल्लेख्य देखिएको छ। समीक्षा अवधिमा ५३ हजार ४७० टन गहुँ आयात गर्दा २ अर्ब ३६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै, १८ हजार ९९ टन बासमती चामल आयातमा २ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ र २६ हजार ५७६ टन अन्य चामल आयातमा १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ।

यस अवधिमा २२ हजार ९०३ टन धान आयात गर्दा १ अर्ब ३ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ। धान र चामलको आयात जोड्दा मात्रै ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ।

आलु र प्याज आयातमा ७ अर्बभन्दा बढी खर्च

तरकारी तथा कन्दमूलजन्य वस्तुमा आलु र प्याजको आयातले ठूलो हिस्सा ओगटेको छ। चार महिनामा १ लाख ७९ हजार ४४२ टन आलु आयात गर्दा ४ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ।

त्यसैगरी, प्याज तथा छ्यापी आयातमा २ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ बाहिरिएको छ। यसरी आलु र प्याज आयातमा मात्रै ७ अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ।

दाल तथा गेडागुडीको आयातमा पनि ठूलो रकम बाहिरिएको छ। रातो मसुरो दाल आयातमा २ अर्ब २ करोड ९ लाख, सुक्खा सिमीमा १ अर्ब ८० करोड ५१ लाख र चनामा १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। लसुनको आयातसमेत उल्लेख्य रहेको छ।

फलफूल आयाततर्फ स्याउ सबैभन्दा अगाडि देखिएको छ। चार महिनामा ३५ हजार ५३१ टन ताजा स्याउ आयात गर्दा ४ अर्ब ४४ करोड ६७ लाख रुपैयाँ विदेशिएको छ।

यसैगरी, ओखर आयातमा १ अर्ब १५ करोड ७८ लाख, सुपारीमा ९० करोड ३४ लाख र अनारमा ६९ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै, काजु आयातमा ६४ करोड १५ लाख र बदाम आयातमा ५३ करोड ६७ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्कमा उल्लेख छ।

धान, गहुँ, आलु र प्याजजस्ता दैनिक उपभोगका आधारभूत वस्तुहरूको आयातमा समेत ठूलो रकम खर्चिनुपर्ने अवस्थाले नेपालको कृषि क्षेत्रका चुनौतीलाई उजागर गरेको छ।

कृषि उत्पादनमा आधुनिकीकरण, व्यावसायिक खेती, पर्याप्त सिँचाइ, मल तथा उन्नत बीउको उपलब्धता र उत्पादनको उचित भण्डारण व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

स्वदेशमै उत्पादन बढाउने र कृषि उपजको भण्डारण तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ ध्यान नदिने हो भने आगामी दिनमा खाद्यान्न तथा कृषि उपजमा विदेशी बजारमाथिको निर्भरता थप बढ्न सक्ने जोखिम छ। कृषिप्रधान मुलुकको पहिचान बोकेको नेपालका लागि आफ्नै उत्पादनबाट भान्साको माग धान्नु अझै चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १५:३६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4h ago
४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

#आयात #वस्तु
Compare →
Hamro Patro News
7h ago
कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

नेपालमा वस्तु आयात लगातार बढिरहेको क्रम कात्तिकमा रोकिएको छ। गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएकोमा कात्तिकमा १ खर्ब ५६ अर्ब रूपैयाँको मात्रै आयात भएको छ। ...

#आयात #वस्तु
Compare →
Onlinekhabar
5d ago
४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

९ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबर …

#आयात #वस्तु
Compare →

Related Stories

National (Nepal)
Build #2625