Trending
Prev Story
Next Story

अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै कामपामा

Nagarik News •
November 25, 2026 • 09:44 AM
9
9 reads 0 reactions

काठमाडौं महानगरपालिका– २९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ।

अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै कामपामा

काठमाडौं महानगरपालिका– २९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज सो भवनको शिलान्यास गरेकी हुन्। कार्यक्रममा उनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नभन्दा उनीहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न शिक्षा प्रणालीसक्षम छ कि छैन भन्ने विषय महत्वपूर्ण भएको बताइन्।

समाजमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाबारे गरिने प्रश्न नै गलत रहेको बताउँदै कावा प्रमुख डङ्गोलले सबैले परिकल्पना गरेको मानवताको र करुणाको सहर निर्माण गर्ने अभियानमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको स्थापनाले एउटा महत्वपूर्ण इँटा थप्ने विश्वास व्यक्त गरिन्।

अटिजम भएका बालबालिकाको संवाद गर्ने, सिक्ने, बोल्ने र व्यवहार गर्ने तरिका फरक हुने भएकाले उनीहरूको आवश्यकताअनुसार शिक्षा र व्यवहार आवश्यक रहेको उनको भनाइ थियो।

काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालले अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकको सहायताका लागि भवन बहुउपयोगी विश्वास व्यक्त गरे।

भवन निर्माणका लागि रु १० करोड ९१ लख ७९ हजार लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि रु नौ करोड ७७ लाख ४५ हजार ६२६ मा सम्झौता भएको छ। भवनको भूमिगत तलामा ३० वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने ठाउँ हुनेछ।

प्रकाशित: ९ मंसिर २०८३ १५:२९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेको केन्द्र भवन निर्माणका लागि ९ करोड ७७ लाख रुपैयाँमा सम्झ...

#काठमाडौं-महानगर #अटिजम #बालबालिका
Compare →
Onlinekhabar
5d ago
काठमाडौं-२९ मा महानगरले गर्‍यो अटिजम स्कुल शिलान्यास

काठमाडौं-२९ मा महानगरले गर्‍यो अटिजम स्कुल शिलान्यास

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा …

#काठमाडौं-महानगर #अटिजम #बालबालिका
Compare →
Ekantipur
1d ago
भूकम्पबाट ताप्लेजुङको एउटा विद्यालयमा क्षति

भूकम्पबाट ताप्लेजुङको एउटा विद्यालयमा क्षति

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङकुलुङमा रहेको दुर्गा आधारभूत विद्यालयको भवन चर्किएको हो ।

#विद्यालय
Compare →
Bizshala
1d ago
ईनम सापकोटा प्रकरणमा पत्नी कवितासम्म पुग्यो प्रहरी अनुसन्धान, बैंक खातामा ७५०० डलर जम्मा गर्न लगाएको म्यासेज भेटियो

ईनम सापकोटा प्रकरणमा पत्नी कवितासम्म पुग्यो प्रहरी अनुसन्धान, बैंक खातामा ७५०० डलर जम्मा गर्न लगाएको म्यासेज भेटियो

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको कथित सम्बन्धका कारण अनुसन्धानको घेरामा परेका ईनम...

#अनुसन्धान
Compare →

Related Stories

Education & Youth
Build #2625