Trending
Prev Story
Next Story

भूकम्पबाट ताप्लेजुङको एउटा विद्यालयमा क्षति

Ekantipur •
November 24, 2026 • 02:03 PM
11
11 reads 0 reactions

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङकुलुङमा रहेको दुर्गा आधारभूत विद्यालयको भवन चर्किएको हो ।

भूकम्पबाट ताप्लेजुङको एउटा विद्यालयमा क्षति

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङकुलुङमा रहेको दुर्गा आधारभूत विद्यालयको भवन चर्किएको हो ।

ताप्लेजुङ — मंगलबार बिहान गएको भूकम्पबाट फुङलिङ नगरपालिका–९ हाङ्देवामा एउटा विद्यालयमा क्षति पुगेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङकुलुङमा रहेको दुर्गा आधारभूत विद्यालयको भवन चर्किएको हो ।

जिल्लाका अन्य स्थानमा भने मंगलबार बेलुकासम्म क्षतिको कुनै विवरण नआएको भट्टराईले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक निमा शेर्पाका अनुसार पहिला विद्यालय भवन सामान्य चर्किएको हो कि जस्तो थियो । मंगलबार बिहानको भूकम्पले भने चिराचिरा परेको छ ।

मंगलबार बिहान ७:१५ बजे ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका नागरिकले महसुस गरेका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै …

#विद्यालय #नगरपालिका
Compare →
Hamro Patro News
4h ago
अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेको केन्द्र भवन निर्माणका लागि ९ करोड ७७ लाख रुपैयाँमा सम्झ...

#विद्यालय
Compare →
Nagarik News
4h ago
अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै कामपामा

अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै कामपामा

काठमाडौं महानगरपालिका– २९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ।

#विद्यालय
Compare →
Bizshala
1d ago
एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग

एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुरा जिल्लाको एक दुर्गम विद्यालयका...

#विद्यालय
Compare →

Related Stories

Science & Climate
Build #2625