काठमाडौँ । हिजोदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजका लागि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो।
पार्टीका समसामयिक राजनीतिक विषय, साङ्गठनिक गतिविधि तथा आगामी कार्यदिशाबारे छलफल गर्न आह्वान गरिएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )