Trending
Prev Story
Next Story

कांग्रेसमा ११ जना महिला केन्द्रीय सदस्य मनोनीत, आयोगलाई जानकारी गराइयो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
7
7 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला पुर्‍याउन ११ जना मनोनीत गरिएको सूची सहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो …

कांग्रेसमा ११ जना महिला केन्द्रीय सदस्य मनोनीत, आयोगलाई जानकारी गराइयो

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ ।

केन्द्रीय समितिमा एक तिहाई महिला पुर्‍याउन ११ जना मनोनीत गरिएको सूची सहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनित गरेको सूची आयोगमा पठाइएको हो ।

महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई मनोनीत गरिएको छ । मनोनीत भएकाहरूमा सुजाता कोइराला, इश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन, निपा चोख्याल लगायत छन् । अन्य ५ जनाको नाम भने खुलेको छैन ।

कोइरालालाई विशेष महाधिवेशन पछि पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको थियो । १५ औं महाधिवेशन नजिक संस्थापनतर्फ लाग्ने नेताहरूमध्ये इश्वरी न्यौपाने पनि थिइन् । सभापतिको आग्रह अनुसार महाधिवेशनमा उम्मेदवारी नदिएको न्यौपानेले त्यसबेला सामाजिक सञ्जालमा लेखेकी थिइन् । विशेष महाधिवेशन पछि चन्दा चौधरी भने संस्थापन पक्षमा लागेकी थिइन् ।

मनोनीत हुने अर्की केन्द्रीय सदस्य लक्ष्मी पाण्डे गाउँपालिका महासंघको केन्द्रीय अध्यक्ष समेत हुन् । उनी नवलपुरस्थित हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन् ।

रौतहटबाट प्रतिनिधि सभामा समाुनपातिक सांसद रहेकी साहजान खातुन केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । विशेष महाधिवेशनको पक्षमा सक्रिय भएर लागेकी कैलालीकी महिला नेतृ निपा चोख्याल केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् ।

केन्द्रीय समिति २९७ जनाको हुने संशोधित विधानको व्यवस्था छ । सभापतिले ६६ जना मनोनीत गर्ने विधानको व्यवस्था गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
32m ago
कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बाँकी भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

#मनोनीत #केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
1h ago
सुजाता कोइरालासहित महिला नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत

सुजाता कोइरालासहित महिला नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा जारी केन्द्रीय समितिको बैठकले केही नेतृहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। बैठकले कोइराला...

#मनोनीत #केन्द्रीय #कांग्रेस
Compare →
Ekantipur
3h ago
कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

निर्वाचन आयोगले भन्यो- 'कांग्रेसको १५औँ महाधिवेशनबाट आएको कार्यसमितिको विवरण र विधानमा भएको संशोधन अद्यावधिक गर्नका लागि निवेदन आएको थियो । सोही निवेदनअनुसार आयोगले निर्णय गरेर अद्यावधिक भएको जानकारी उहाँहरूलाई पत्र लेखेर पठाइएको छ ।'

#निर्वाचन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2625