Trending
Prev Story
Next Story

खगेन्द्रविरुद्धको मुद्दामा पुनः पेस गरिएका प्रमाण प्रतिवादीलाई देखाउन अदालतको आदेश

Nagarik News •
November 25, 2026 • 11:48 AM
5
5 reads 0 reactions

अदालतको मिसिलबाट अडिओसहितका प्रमाण हराएपछि जाहेरवालाले पुनः पेस गरेकी थिइन्।

खगेन्द्रविरुद्धको मुद्दामा पुनः पेस गरिएका प्रमाण प्रतिवादीलाई देखाउन अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्धको साइबर अपराध मुद्दामा काभ्रे जिल्ला अदालतले जाहेरवालाले पुनः पेस गरेका प्रमाणबारे प्रतिवादीलाई जानकारी गराउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार उक्त आदेश दिएको हो। अदालतले जाहेरवाला गौतमले अडिओलगायतका प्रमाणसहित दिएको निवेदन र जिल्ला सरकारी वकिल कार्यालयको पत्रको जानकारी सुनारलाई गराई नियमानुसार पेस गर्न भनेको छ।

यसअघि प्रहरी र सरकारी वकिलमार्फत अदालतमा पेस गरिएका अडिओलगायतका प्रमाण अदालतको मिसिलबाट हराएका थिए। ती प्रमाण हराएपछि गौतमले गत असोज १५ गते पुनः निवेदन दिँदै अडिओ तथा अन्य प्रमाण सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाएकी थिइन्।

गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनारले आफूलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको तथा आफ्नो फोटो र मोबाइल नम्बर सार्वजनिक गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी विद्युतीय कारोबार ऐनअन्तर्गत सुनारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

यसअघि अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पछि अदालतमा उपस्थित भएका सुनार बयान र थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मिसिलबाट अडिओलगायतका प्रमाण हराएपछि जाहेरवाला पक्षले ती प्रमाण पुनः पेस गरी प्रमाणीकरण तथा अभिलेखीकरणका लागि निवेदन दिएको हो। अदालतको पछिल्लो आदेशसँगै पुनः पेस गरिएका प्रमाणबारे प्रतिवादी पक्षलाई जानकारी गराउने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: ९ मंसिर २०८३ १७:३३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
मानहानिको मुद्दामा ध्रुव राठीलाई पक्राउ गर्न अदालतको आदेश

मानहानिको मुद्दामा ध्रुव राठीलाई पक्राउ गर्न अदालतको आदेश

यस विषयमा थप सुनुवाइका लागि आगामी डिसेम्बर ३ को मिति तोकिएको छ । अदालतको विस्तृत आदेश आउन बाँकी छ

#आदेश #मुद्दा #अदालतको
Compare →
Hamro Patro News
1h ago
आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौल...

#आदेश
Compare →
Bizshala
1d ago
जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

#पुन
Compare →

Related Stories

National (Nepal)
Build #2625