Trending
Prev Story
Next Story

मानहानिको मुद्दामा ध्रुव राठीलाई पक्राउ गर्न अदालतको आदेश

Ekantipur •
November 23, 2026 • 11:03 AM
5
5 reads 0 reactions

यस विषयमा थप सुनुवाइका लागि आगामी डिसेम्बर ३ को मिति तोकिएको छ । अदालतको विस्तृत आदेश आउन बाँकी छ

मानहानिको मुद्दामा ध्रुव राठीलाई पक्राउ गर्न अदालतको आदेश

यस विषयमा थप सुनुवाइका लागि आगामी डिसेम्बर ३ को मिति तोकिएको छ । अदालतको विस्तृत आदेश आउन बाँकी छ

दिल्लीको एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी गरेको छ ।

भारतीय समाचार एजेन्सी पिटिआईलाई उद्रृत गर्दै विभिन्न समाचारमाध्यमहरुले यस विषयमा समाचार प्रकाशित गरेका छन् ।

न्यायिक मजिस्ट्रेट अनम रइस खानले राठीको युट्युब च्यानलमा अपलोड गरिएको एक भिडियोको विषयलाई लिएर गैरजमानती पक्राउ पुर्जी (एनबीडब्लू) जारी गरेकी हुन् ।

विकास संकृत्यायन उर्फ विकास पाण्डेले भिडियोमा आफ्नो मानहानि गरिएको भन्दै मुद्दा दायर गरेका थिए ।

यस विषयमा थप सुनुवाइका लागि आगामी डिसेम्बर ३ को मिति तोकिएको छ । अदालतको विस्तृत आदेश आउन बाँकी छ ।

यसअघि अक्टोबर ३१ मा पनि अदालतले राठीविरुद्ध नयाँ जमानती पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसअघि अक्टोबर १७ मा अदालतका तामेलदार म्याद तामेल गर्न जाँदा उनको घरमा ताला लगाइएको पाइएपछि अदालतले जमानती पक्राउ पुर्जी जारी गर्दै हरियाणाको गुरुग्रामस्थित राठीको ठेगानामा पुनः म्याद पठाएको थियो ।

राठीका वकिलले उनी सामान्यतया अस्ट्रियामा बसोबास गर्ने गरेको र दिल्लीमा भएको कक्रोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शनमा सहभागी हुन भारत आएको अदालतसमक्ष जिकिर गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
सर्वोच्चको आदेश-  महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्नू

सर्वोच्चको आदेश- महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्नू

४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले महेश श्रेष्ठको थुनासम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले न्यायप्रशासनबाट नै निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार गर्ने) आदेश बदर गरेको हो …

#आदेश
Compare →
Arthasansar
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#आदेश
Compare →
Nagarik News
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#आदेश
Compare →
Hamro Patro News
5d ago
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन ब...

#आदेश
Compare →

Related Stories

National (Nepal)
Build #2612