Trending
Prev Story
Next Story

डायस्पोरामार्फत नेपाल-अमेरिका सम्बन्ध मजबुत बनाउन चाहन्छौं : कार्यवाहक राजदूत आरण

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

९ मंसिर, टेक्सस (अमेरिका) । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् । नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली …

डायस्पोरामार्फत नेपाल-अमेरिका सम्बन्ध मजबुत बनाउन चाहन्छौं : कार्यवाहक राजदूत आरण

९ मंसिर, टेक्सस (अमेरिका) । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् ।

नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायसँगको भेटमा कार्यवाहक राजदूत आरणले यस्तो बताएका हुन् ।

‘नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहाँका कांग्रेसम्यान र सिनेटरसम्म तपाईँहरूले हाम्रो पहुँच बनाइदिन सक्नुहुन्छ,’ भेटमा आरणले भने, ‘अब हामी तपाईँको त्यो पहुँचलाई उपयोग गरेर अमेरिकासँगको कुटनीतिक सम्बन्धलाई अझ दरिलो बनाउन चाहन्छौं ।’

उनले जहाँजहाँ नेपाली डायस्पोराले कांग्रेसम्यान र सिनेटरलाई भोट हालेका छन् त्यहाँत्यहाँ पुगेर नेपालको पक्षमा लबिङ गर्नुपर्ने उनले बताए ।

अमेरिकासँग मात्र नभई मेक्सिको र कोस्टारिकासँग पनि नेपालको कूटनीतिक सक्रियता बढाउनु आवश्यक रहेको उनले बताए । ‘यसका लागि नेपाली डायोस्पोरालाई सहयोग गर्न पनि म आग्रह गर्छु,’ उनले भने ।

कार्यवाहक राजदूत आरणले दुतावासले सकेसम्म सेवाग्राहीलाई सजिलो बनाउने पहल गरेको पनि जानकारी दिए । ‘दूतावासको टेलिफोन उठ्दैन भन्ने गुनासोलाई हामीले अहिले पुर्णरूपमा सम्बोधन गरेका छौं,’ उनले भने, ‘पासपोर्ट बनाउन दूतावास आउने जोकोहीलाई पनि सहयोग गरेर पठाउने गरेका छौं ।’

कार्यक्रममा नेपाली महावाणिज्यदूत सुरेश अधिकारीले टेक्ससमा महावाणिज्यदूतावास स्थापना भएदेखि हालसम्म सञ्चालन भएका गतिविधि, प्रदान गरिएका सेवा तथा विभिन्न कार्यक्रमहरूका बारेमा विस्तृत जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसाल, निवर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव प्रविश श्रेष्ठ, कोषाध्यक्ष प्रेम थापालगायत उपस्थित थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
20h ago
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?

अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?

काठमाडौं- प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.सँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले मंगलबार भेट गरेकी छिन् । भेटवार्ताका क्रममा विपद्‍बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली...

#कार्यवाहक #राजदूत
Compare →
Bizshala
2d ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#सम्बन्ध #बनाउन #राजदूत
Compare →
Nagarik News
2d ago
उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको भेट

उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।

#सम्बन्ध #राजदूत
Compare →
Arthasansar
2d ago
बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले...

#सम्बन्ध
Compare →
Ekantipur
2d ago
एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एलिसले चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी सम्पर्क राखेको प्रतिवेदनमा उल्लेख छ।

#सम्बन्ध
Compare →

Related Stories

World News
Build #2625