Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

Ekantipur •
November 25, 2026 • 07:34 AM
4
4 reads 0 reactions

खनालका अनुसार बदलिँदो भू–राजनीतिक परिवेशमा सीमा विवाद कूटनीतिबाट सुल्झाउँदै आर्थिक विकास र युवाका अवसरमा सहकार्य गर्न सकिन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

खनालका अनुसार बदलिँदो भू–राजनीतिक परिवेशमा सीमा विवाद कूटनीतिबाट सुल्झाउँदै आर्थिक विकास र युवाका अवसरमा सहकार्य गर्न सकिन्छ।

काठमाडौँ — पत्रकार एवं पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीको हालैको भारत भ्रमण नेपाल–भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्ने बताएका छन् ।

कान्तिपुर टेलिभिजनको ‘ फायरसाइड ’ कार्यक्रममा कुराकानी गर्दै उनले आजको युगमा निर्भरतालाई फरक ढंगले बुझेर अघि बढ्नुपर्ने बताए ।

‘हालै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि निर्भरता घटाउनुपर्छ भन्नुभएको छ । तर आजको युगमा निर्भरतालाई फरक ढंगले बुझेर अघि बढ्नुपर्छ, जसबाट नेपालले फड्को मार्न सक्छ । यो भ्रमण त्यसका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ,’ खनालले भने ।

कतिपय विश्लेषकले यसलाई ‘गुडविल भिजिट’ (सद्भाव भ्रमण) मात्र हुने अनुमान गरेका थिए । यो भ्रमण सद्भाव भ्रमणमा मात्र सीमित रह्यो कि सम्बन्धमा नयाँ आयाम थपियो भन्ने प्रश्नमा उनले यो भ्रमण ठूलो ‘प्याराडाइम सिफ्ट’ नै भएको तर्क गरे ।

‘मेरो दृष्टिकोणमा यो केवल ‘गुडविल भिजिट’ मात्र होइन, नेपाल–भारत सम्बन्धमा एउटा ठूलो ‘प्याराडाइम सिफ्ट’ हो । विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आर्थिक भूमण्डलीकरण, एआई तथा चिप्स प्रविधिको विकास भइरहेको छ,’ खनालले भने ।

उनले सीमा र राजनीतिक विवादलाई कूटनीतिमार्फत् समाधान गर्दै आर्थिक विकासका लागि भारतसँग सहकार्य गर्नु नै उत्तम विकल्प भएको बताए ।

‘नेपालमा सुशासन र रोजगारीको अभावले जेनजी आन्दोलन जन्माएको थियो । ती आकाङ्क्षा पूरा गर्न हामी नयाँ दिशामा जानुपर्छ । सीमा र राजनीतिक विवादलाई कूटनीतिबाट समाधान गर्दै समानान्तर रूपमा आर्थिक विकास, कनेक्टिभिटी र युवाका लागि अवसर सिर्जना गर्न भारतसँग सहकार्य गर्नु नै उत्तम विकल्प हो । दुवै प्रधानमन्त्रीले जारी गरेको भिजनले यो बाटो खुला गरेको छ,’ खनालले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन्। प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष...

#भारत #खनाल #सम्बन्ध
Compare →
Nagarik News
1d ago
नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाएको बताएको छ।

#भारत #भ्रमण #सम्बन्ध
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#भारत #भ्रमण
Compare →
Bizshala
1d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2621