Trending
Prev Story
Next Story

एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

Ekantipur •
November 23, 2026 • 04:02 AM
2
2 reads 0 reactions

जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एलिसले चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी सम्पर्क राखेको प्रतिवेदनमा उल्लेख छ।

एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एलिसले चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी सम्पर्क राखेको प्रतिवेदनमा उल्लेख छ।

वासिङ्टन — चिप निर्माता कम्पनी एनभिडियाको विवादमा केन्द्रमा रहेकी चिनियाँ नागरिक एलिस हुआङले कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एक वर्षभन्दा बढी समय चीनको सर्वोच्च गुप्तचर निकायका एक अधिकारीसँग सम्पर्क राखेको ‘द न्युयोर्क टाइम्स’ले आइतबार जनाएको छ।

गुप्तचर प्रतिवेदनबारे जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै पत्रिकाले एलिस सन् २०२५ को वसन्तदेखि यस वर्षको शरद ऋतुसम्म चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीको सम्पर्कमा रहेको जनाएको हो।

जेन्सेन हुआङका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। एनभिडिया र वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले पनि टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएनन्। रोयटर्सले प्रतिक्रियाका लागि एलिस हुआङसँग सम्पर्क गर्न सकेको छैन।

एलिसले यसअघि सिंगापुरस्थित मेगास्पिड इन्टरनेसनलको नेतृत्व गरेकी थिइन्। उक्त कम्पनी एनभिडियाको महत्त्वपूर्ण ग्राहक थियो र एक समय एनभिडियाका अर्बौं डलर मूल्यका चिप खरिद गर्थ्यो।

मेगास्पिडले एनभिडियाका अत्याधुनिक एआई चिप चीनमा तस्करी गरेको आशंकामा अमेरिकी अधिकारीहरूले सन् २०२४ देखि नै उक्त कम्पनीमाथि अनुसन्धान गर्दै आएका छन्।

गत महिना एलिस चिनियाँ जासुस हुन सक्ने प्रारम्भिक संकेतसहित न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो। त्यसयता अमेरिकी अधिकारीहरूले उनी चीनका लागि जासुसी गरेको निष्कर्षमा पुगिनसकेको बताउँदै आएका छन्। आइतबारको पछिल्लो रिपोर्ट त्यही अनुसन्धान र विवादकै बीच सार्वजनिक भएको हो।

अक्टोबर २९ मा प्रकाशित उक्त समाचारले ठूलो विवाद निम्त्याएको थियो। त्यसको दुई सातापछि जेन्सेनले एनभिडियाको सीईओ पदबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीको सेयर मूल्यमा पनि तीव्र गिरावट आएको थियो।

ट्रम्प प्रशासनका अधिकारीहरूले एलिसले चीनका लागि जासुसी गरेको निष्कर्षमा आफूहरू नपुगेको पटकपटक बताउँदै आएका छन्।

अमेरिकी महान्यायाधिवक्ता टड ब्लान्चले यसै महिना न्याय विभागले एलिस चिनियाँ जासुस थिइन् वा थिइनन् भन्नेबारे अझै निष्कर्ष निकालिनसकेको बताएका थिए।

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले पनि आइतबार यही धारणा दोहोर्‍याए।

‘महान्यायाधिवक्ता ब्लान्चले सुश्री हुआङ र उनको कम्पनी दुवै विभिन्न विषयमा अनुसन्धानको दायरामा रहेको स्पष्ट पारिसक्नुभएको छ,’ क्लेटनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने, ‘म उक्त अनुसन्धानलाई निष्कर्षमा पुग्न दिनेछु।’

यस विवादले चीनतर्फ हुने सेमिकन्डक्टर निर्यात नियन्त्रणसम्बन्धी वासिङ्टनको नीतिमाथि पनि बहस चर्काएको छ। दुवै दलका सांसदले बहुमूल्य सेमिकन्डक्टरको बिक्री नियमन र कानुन कार्यान्वयनमा ट्रम्प प्रशासन पर्याप्त कडा नभएको हो कि भन्ने प्रश्न उठाइरहेका छन्।

लुइजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले भने जेन्सेन र एलिसबीचको प्रेम सम्बन्ध आफैंमा त्यति चासोको विषय नभएको बताएका छन्।

‘उहाँले रमाइलो समय बिताउनुभएको थियो भन्ने आशा गर्छु,’ केनेडीले आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा व्यङ्ग्य गर्दै भने, ‘ट्रोयकी हेलेनपछि यो सबैभन्दा महँगो यौन सम्बन्ध साबित भयो।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणले द्विपक्षीय सम्बन्धको आगामी दिशा तय गर्ने पूर्वकूटनीतिज्ञ सचदेवको भनाइ

प्रधानमन्त्री बालेनको भ्रमणले द्विपक्षीय सम्बन्धको आगामी दिशा तय गर्ने पूर्वकूटनीतिज्ञ सचदेवको भनाइ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन्। नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत स...

#सम्बन्ध #पूर्व
Compare →
Nagarik News
2d ago
प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

#सम्बन्ध #पूर्व
Compare →
Bizshala
10h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#सम्बन्ध
Compare →
Onlinekhabar
2d ago
‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई भारतले नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरेको छ। पुराना राजनीतिक दल र नेतृत्वभन्दा फरक पृष्ठभूमिबाट आएका प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले कस्तो विदेश नीति अपनाउँछ भन्ने चासो पनि …

#सम्बन्ध
Compare →

Related Stories

World News
Build #2612