Trending
Prev Story
Next Story

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
7
7 reads 0 reactions

९ मंसिर, तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी …

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

९ मंसिर, तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ ।

इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी क्षेत्रमा नष्ट गरिएको हो ।

अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबीच तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो ।

यसैबीच, इरानी सांसद इब्राहिम अजिजीले प्रतिबन्ध र अवरोधको युग समाप्त हुँदै गएको तथा नयाँ विश्व व्यवस्था स्थापित भइरहेको दाबी गरेका छन् ।

त्यस्तै, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने प्रयास नगर्न अमेरिकालाई चेतावनी दिँदै आफ्नो सेना कुनै पनि नाकाबन्दी वा सैन्य आक्रमणको सामना गर्न तयार रहेको बताएका छन् ।

यसअघि अमेरिकी अर्थ मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत दुई दर्जनभन्दा बढी इरानी मुद्रा विनिमय केन्द्र, अगाडि राखिएका कम्पनी र वित्तीय कारोबारमा संलग्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो । इरानको अनौपचारिक बैंकिङ सञ्जाल कमजोर पार्ने र विदेशी मुद्रा प्राप्त गर्ने पहुँच सीमित गर्ने उद्देश्यले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नोभेम्बर १४ मा इरानले केशम टापुमा अमेरिकी एमक्यू–१ ड्रोन नष्ट गरेको दाबी गरेको थियो । इरानी अधिकारीहरूले हर्मुजको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका केही जहाज समुद्री बारुदी सुरुङमा परेको र तेल ट्याङ्करमा आगलागी भएको आरोपसमेत लगाएका छन् । (रासस/एएनआई)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानले हर्मुज जलमार्गमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ।

#ड्रोन #इरान #हर्मुज
Compare →
Ekantipur
4h ago
हर्मुज जलमार्गमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

हर्मुज जलमार्गमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानी सरकारी टेलिभिजन आईआरआईबीका अनुसार जलमार्गको पश्चिमी आकाशमा अमेरिकी 'लुकास' आत्मघाती ड्रोन र पूर्वी आकाशमा 'एमक्यू–९' ड्रोनलाई वायु रक्षा प्रणालीमार्फत नष्ट गरिएको हो

#ड्रोन #अमेरिकी #हर्मुज
Compare →
Hamro Patro News
2d ago
इरान-अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अड्डामा ड्रोन र क्षेप्यास्त्र प्रहार

इरान-अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अड्डामा ड्रोन र क्षेप्यास्त्र प्रहार

काठमाडौँ- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ। आईआरजीसीले जारी गरेको विज्ञप्तिमा आफ्नो...

#इरान #अमेरिकी #ड्रोन
Compare →
Bizshala
3d ago
इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

काठमाडौं। इरानसँगको युद्ध र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने...

#अमेरिकी #इरान
Compare →

Related Stories

World News
Build #2625