Trending
Prev Story
Next Story

प्यालेस्टाइनी शरणार्थीका लागि भारतले गर्‍यो २५ लाख डलर सहयोग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

भारत सरकारले प्यालेस्टाइनी शरणार्थीको कल्याण र सहायताका लागि संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन्स रिलिफ एन्ड वर्क्स एजेन्सी फर प्यालेस्टाइन रिफ्युजीज इन द नियर इस्ट (यूएनआरडब्ल्यूए) लाई २५ लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ । यो …

प्यालेस्टाइनी शरणार्थीका लागि भारतले गर्‍यो २५ लाख डलर सहयोग

भारत सरकारले प्यालेस्टाइनी शरणार्थीको कल्याण र सहायताका लागि संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन्स रिलिफ एन्ड वर्क्स एजेन्सी फर प्यालेस्टाइन रिफ्युजीज इन द नियर इस्ट (यूएनआरडब्ल्यूए) लाई २५ लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ ।

यो सहयोग आर्थिक वर्ष २०२६/२७ का लागि भारतले दिने घोषणा गरेको ५० लाख अमेरिकी डलर वार्षिक योगदानकै एक हिस्सा रहेको बताइएको छ । भारतले उपलब्ध गराएको यो रकम यूएनआरडब्ल्यूएका आधारभूत कार्यक्रम तथा सेवा सञ्चालनमा खर्च गरिनेछ ।

रियादस्थित भारतीय दूतावासले एक्समार्फत सार्वजनिक गरेको विज्ञप्तिमा यस सहयोगले प्यालेस्टाइनी शरणार्थीलाई शिक्षा, स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाउने उल्लेख छ ।

प्यालेस्टाइनका लागि भारतकी प्रतिनिधि महिमा सिकन्दले यूएनआरडब्ल्यूएका वरिष्ठ वित्तीय सहायक खालिद हिन्दियालाई उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा उनले प्यालेस्टाइनी शरणार्थीको सहयोगका लागि मानवीय सहायता तथा औषधि उपलब्ध गराउने भारतको प्रतिबद्धता पनि दोहोर्‍याएकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

काठमाडौं । युट्युबमार्फत फैलिरहेका अनलाइन जुवा, ठगी तथा हानिकारक सामाग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ । मलेसियाली स...

#डलर
Compare →
Ekantipur
4h ago
प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

खनालका अनुसार बदलिँदो भू–राजनीतिक परिवेशमा सीमा विवाद कूटनीतिबाट सुल्झाउँदै आर्थिक विकास र युवाका अवसरमा सहकार्य गर्न सकिन्छ।

#भारत
Compare →
Bizshala
10h ago
आईपीओ मूल्यभन्दा तल झर्‍यो एन्थ्रोपिकको सेयर, बजार पुँजीकरणमा करिब २०० अर्ब डलर गुम्ने जोखिम

आईपीओ मूल्यभन्दा तल झर्‍यो एन्थ्रोपिकको सेयर, बजार पुँजीकरणमा करिब २०० अर्ब डलर गुम्ने जोखिम

एन्थ्रोपिक (Anthropic) कम्पनीको सेयर मूल्य प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा निर्धारण गरिएको प्रतिकित्ता ८३ डलरभन्दा...

#डलर
Compare →
Arthasansar
22h ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#भारत
Compare →

Related Stories

World News
Build #2625