Trending
Prev Story
Next Story

आजसम्म कायम सेयरधनीले मात्रै स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पाउने

Arthasansar •
November 25, 2026 • 05:06 AM
10
10 reads 0 reactions

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते...

आजसम्म कायम सेयरधनीले मात्रै स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पाउने

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न आफ्नो ४० औँ वार्षिक साधारणसभा मंसिर २३ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
आजसम्म कायम सेयरधनीहरुले मात्रै युनिलिभर नेपालको लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले मात्रै युनिलिभर नेपालको लाभांश पाउने

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म कायम ...

#लाभांश #सभा #मंसिर
Compare →
Bizshala
6h ago
मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक...

#लाभांश
Compare →
Ekantipur
1d ago
उच्च दरमा लाभांश घोषणापछि सोल्टिको बढ्यो मूल्य र कारोबार

उच्च दरमा लाभांश घोषणापछि सोल्टिको बढ्यो मूल्य र कारोबार

यसको अंकित मूल्य १० रुपैयाँ हो । यसको एक सय कित्ता सेयर हुनेले १ सय ६८ रुपैयाँ बराबरको मात्रै नगद लाभांश पाउँछन् । बोनस सेयरको दर भने एउटै हुन्छ ।

#लाभांश
Compare →
Nagarik News
2d ago
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।

#कायम
Compare →

Related Stories

Business & Economy
Build #2625