Trending
Prev Story
Next Story

लाभांश र मर्जर प्रस्ताव सहित मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लाेज कहिले ?

Arthasansar •
November 25, 2026 • 05:06 AM
11
11 reads 0 reactions

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित २१ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंसिर...

लाभांश र मर्जर प्रस्ताव सहित मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लाेज कहिले ?

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित २१ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार साधारणसभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१ मा बिहान १० बजे शुरु हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हाल कायम चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । प्रस्तावित ६ प्रतिशत नगद लाभांशबापत ७ करोड ३० लाख २६ हजार रुपैयाँ वितरण गरिनेछ । त्यस्तै ५ प्रतिशत बोनस सेयरबापत ६ करोड ८ लाख ५५ हजार रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने प्रस्ताव छ। नगद लाभांश तथा बोनस सेयरमा लाग्ने करसमेत नगद लाभांशबाटै हुनेछ।

सभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव पनि पेस हुनेछ । यसका लागि बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजीमा हुने परिवर्तनअनुसार प्रबन्धपत्रको सम्बन्धित दफाहरू संशोधन गर्ने प्रस्तावसमेत रहेको छ । त्यसैगरी बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने तथा गाभिने प्रक्रिया अघि बढाउने प्रस्ताव पनि सभामा लैजाने भएको छ । मर्जरसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति तथा मर्जर समितिलाई अख्तियारी दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव गरिएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि पेस हुनेछ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
6h ago
मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक...

#लाभांश #साधारणसभा #वितरण
Compare →
Hamro Patro News
1d ago
सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २१ गते

सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २१ गते

काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटलको ताहाचलस्थित दी सोल्टी काठमाडौँमा सम्पन्न सञ्चाल...

#लाभांश #वितरण
Compare →
Ekantipur
1d ago
उच्च दरमा लाभांश घोषणापछि सोल्टिको बढ्यो मूल्य र कारोबार

उच्च दरमा लाभांश घोषणापछि सोल्टिको बढ्यो मूल्य र कारोबार

यसको अंकित मूल्य १० रुपैयाँ हो । यसको एक सय कित्ता सेयर हुनेले १ सय ६८ रुपैयाँ बराबरको मात्रै नगद लाभांश पाउँछन् । बोनस सेयरको दर भने एउटै हुन्छ ।

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2625