यसको अंकित मूल्य १० रुपैयाँ हो । यसको एक सय कित्ता सेयर हुनेले १ सय ६८ रुपैयाँ बराबरको मात्रै नगद लाभांश पाउँछन् । बोनस सेयरको दर भने एउटै हुन्छ ।
काठमाडौँ — उच्च दरमा लाभांश घोषणा गरेको सोल्टि होटेलको सेयर कारोबार र मूल्य दुवै बढेको छ ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यसले २० प्रतिशत बोनस सेयर र लाभांश प्रयोजनको लागि १६.८४ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश यसको साधारण सभाबाट पारित हुन बाँकी छ ।
मंसिर अन्त्यसम्ममा यसको सेयर हुनेले लाभांश प्राप्त गर्ने छन् । पुस १ गतेबाट यसको सेयरधनी किताब बन्द (बुक क्लोज) हुने भएको छ ।
यसको अंकित मूल्य १० रुपैयाँ हो । यसको एक सय कित्ता सेयर हुनेले १ सय ६८ रुपैयाँ बराबरको मात्रै नगद लाभांश पाउँछन् । बोनस सेयरको दर भने एउटै हुन्छ । अर्थात् एक सय कित्ता सेयर हुनेले २० कित्ता सेयर पाउनेछन् ।
यो प्रस्तावसँगै सोल्टिको सेयर मूल्य यो समाचार तयार पार्दासम्म ८ रुपैयाँले बढेर ५ सय ६३ रुपैयाँसम्म पुगेको छ । कारोबार रकमका आधारमा पनि अग्रस्थानमा छ । यसको २१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ ।
२०७९–८० देखि नै यसले ३० प्रतिशतभन्दा धेरैको दरमा लाभांश दिइरहेको छ ।