Trending
Prev Story
Next Story

सोनापुर मिनरल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Arthasansar •
November 25, 2026 • 07:38 AM
10
10 reads 0 reactions

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ...

सोनापुर मिनरल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली मंसिर १० गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले मंसिर २३ गते, बुधबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल माला इन, घोराही उपमहानगरपालिका वडा नं.१५, दाङ्गमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशतनगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
सोनापुर मिनरल्सले बोलायो साधारण सभा, ५.२६३ प्रतिशत नगद लाभांश दिने

सोनापुर मिनरल्सले बोलायो साधारण सभा, ५.२६३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद...

#लाभांश #सभा #सोनापुर
Compare →
Hamro Patro News
1d ago
आजसम्म कायम सेयरधनीहरुले मात्रै युनिलिभर नेपालको लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले मात्रै युनिलिभर नेपालको लाभांश पाउने

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म कायम ...

#लाभांश #सभा
Compare →
Ekantipur
1d ago
उच्च दरमा लाभांश घोषणापछि सोल्टिको बढ्यो मूल्य र कारोबार

उच्च दरमा लाभांश घोषणापछि सोल्टिको बढ्यो मूल्य र कारोबार

यसको अंकित मूल्य १० रुपैयाँ हो । यसको एक सय कित्ता सेयर हुनेले १ सय ६८ रुपैयाँ बराबरको मात्रै नगद लाभांश पाउँछन् । बोनस सेयरको दर भने एउटै हुन्छ ।

#लाभांश
Compare →
Nagarik News
1w ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#लाभांश
Compare →
Onlinekhabar
1w ago
सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल …

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2625