Trending
Prev Story
Next Story

सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

९ मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै त्यसको कार्यक्षेत्र तत्काल सच्याउन माग गरेका छन् । २५औं सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि …

सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग

९ मंसिर , काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै त्यसको कार्यक्षेत्र तत्काल सच्याउन माग गरेका छन् ।

२५औं सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको उनको आरोप छ ।

प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सहमति कार्यान्वयनमा सरकारले आलटाल गरेको र आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षाका विज्ञलाई समितिमा नसमेटेको भन्दै आपत्ति जनाएका छन् । समिति गठन गर्न झन्डै तीन साता लगाएको सरकारले छानबिनका लागि एक सातामात्र कार्यावधि तोक्नुले पनि सरकारको गैरजिम्मेवारी देखिएको उनको भनाइ छ ।

सरकारसँग भएको सहमतिको बुँदा नम्बर १ मा चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए/नभएको छानबिन गर्ने उल्लेख छ ।

त्यस्तै , मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र छानबिन प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने सहमति भएको थियो ।

तर , मन्त्रालयले गठन गरेको समितिलाई ती संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए/नभएको मूल्याङ्कन गर्ने कार्यक्षेत्र मात्र दिइएको डा. केसीले बताएका छन् । यसले सहमतिमा उल्लेख भएको निर्णय प्रक्रिया , मापदण्डको पालना , स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितासम्बन्धी विषयलाई समेट्न नसकेको उनको भनाइ छ ।

संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र निर्णय प्रक्रिया तथा मापदण्ड उल्लङ्घनको छानबिन गर्नु फरक विषय भएको उल्लेख गर्दै उनले स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्ने तर सहमतिले तोकेको मूल उद्देश्यको विकल्प बन्न नसक्ने बताएका छन् ।

आफूहरूको माग कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्नु नभई निर्णय प्रक्रियाको निष्पक्ष छानबिन, मापदण्डको पूर्ण पालना , स्वार्थको द्वन्द्वको पहिचान र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।

डा. केसीले सहमतिको बुँदा नम्बर १ अनुरूप समितिको गठन र कार्यक्षेत्र तत्काल सच्याउन तथा छानबिनका सिफारिस इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

यसैगरी, सहमतिको बुँदा नम्बर ४ बमोजिम गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको सोमबार बसेको बैठकमा कार्यदलका सदस्य डा. बद्री रिजाल , विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएकोप्रति पनि उनले विमति जनाएका छन् । यसले सरकारी पक्षको बदनियत देखाएको उनको आरोप छ ।

सरकारसँग भएका सहमतिका अन्य बुँदा पनि तत्काल कार्यान्वयन गर्न माग गर्दै डा. केसीले सहमति औपचारिकतामा सीमित गर्न खोजिए सत्याग्रहलगायत आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
सहमति विपरीत छानबिन समिति बनाएकोमा डा. केसीको आपत्ति

सहमति विपरीत छानबिन समिति बनाएकोमा डा. केसीको आपत्ति

सरकारले सहमतिको १८ दिनपछि गठन गरेको समितिलाई निर्णय प्रक्रिया र मापदण्ड पालना छानबिन होइन, संस्थाको क्षमता मूल्यांकन गर्ने जिम्मेवारी दिएको केसीको आरोप छ।

#गठन #छानबिन #केसी
Compare →
Hamro Patro News
1w ago
भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ- सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज...

#गठन #छानबिन
Compare →
Nagarik News
1w ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#गठन #छानबिन
Compare →
Arthasansar
1w ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#छानबिन #गठन
Compare →

Related Stories

Business & Economy
Build #2625