Trending
Prev Story
Next Story

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको स्वविवेकीय अधिकार रहनु हुँदैन : बार अध्यक्ष मिश्र

Ekantipur •
November 25, 2026 • 02:02 PM
4
4 reads 0 reactions

संवैधानिक इजलास गठनमा देखिएको विवादबारे बार अध्यक्ष विजयप्रसाद मिश्रसँग गरिएको अन्तवार्ताको सम्पादित अंश

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको स्वविवेकीय अधिकार रहनु हुँदैन : बार अध्यक्ष मिश्र

संवैधानिक इजलास गठनमा देखिएको विवादबारे बार अध्यक्ष विजयप्रसाद मिश्रसँग गरिएको अन्तवार्ताको सम्पादित अंश

काठमाडौँ — प्रधानन्यायाधीश र न्यायाधीशबीच संवैधानिक इजलास गठनको विधिबारे मतभेद हुँदा डेढ महिनादेखि इजलास गठनमा अवरोध सिर्जना भएको छ । प्रतिनिधिसभा विघटन, शिक्षा ऐन, निर्वाचन, संक्रमणकालीन न्यायलगायतका मुद्दाको निरूपणमा ढिलाइ भइरहेको अवस्था छ । इजलास गठनका लागि वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट न्यायाधीश चयन गर्नुपर्ने माग कानुन व्यवसायीले राखिरहेका छन् । यसै सन्दर्भमा नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र सँग रेडियो कान्तिपुरका लागि अनिल बोगटी ले गरेको कुराकानीको सम्पादित अंश :

सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्तौंदेखि गठन हुन सकेको छैन । संविधानको व्याख्या अनि संवैधानिक विवाद निरूपण गर्नुपर्ने निकाय निष्क्रिय जस्तो देखिनुको सन्देश र अर्थ के हुन सक्छ ?

सन्देश र अर्थ जुन किसिमबाट सकारात्मक हुनुपर्ने हो, त्यो हुन सकेन । यो अवस्था नकारात्मक नै भयो । अनि जटिल संवैधानिक प्रश्न निरूपण हुन नसकी विचाराधीन अवस्थामा पुग्न गयो । त्यति मात्र होइन, असंवैधानिक भनेर नामकरण गरिएका कानुनहरूको भविष्य के हुने भन्ने स्पष्ट छैन । त्यसैले स्थिति चाहिँ हामीले अपेक्षा गरेअनुसार भएन ।

यस्तो परिस्थिति निम्तिनुमा संवैधानिक व्यवस्थाको अस्पष्टता हो कि न्यायालयभित्र संस्थागत रूपमा नै असमझदारी पनि बढ्दै छ भन्ने अर्थमा हेर्न मिल्ने हो ?

अपेक्षाअनुसार सर्वोच्च अदालतका पहिलेका विशेष इजलास नै सशक्त र प्रभावकारी थिए भन्ने अनुभवले बताएको छ । संवैधानिक इजलासको व्यवस्था आफैंमा पनि त्रुटिपूर्ण छ । त्रुटिपूर्ण व्यवस्था कार्यान्वयन गर्ने क्रममा सर्वोच्च अदालतको आन्तरिक व्यवस्थापनसँगै प्रधानन्यायाधीशले कहिले वरिष्ठता अपनाउने, कहिले वरिष्ठता नअपनाईकन आफ्नो स्वेच्छामा इजलास गठन गरिँदा यो विषय झन् पेचिलो बन्दै गयो । अन्य वरिष्ठतम न्यायाधीशको पनि आफू वरिष्ठ हुँदा वरिष्ठले नै हेर्नुपर्ने भन्ने अनि आफू वरिष्ठ नहुँदा संवैधानिक इजलासमा सबै न्यायाधीश रहनुपर्छ भन्ने अभिमत पनि बेलाबेलामा प्रकट नभएको होइन । अब यही बीचमा वरिष्ठता मिचेर बेन्च गठन गर्ने, कुनै वरिष्ठ श्रीमान्लाई कहिले राख्ने, कहिले नराख्ने भइसकेपछि त्यहाँ यो बेन्च बस्न सकेन ।

संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासका अन्य चार सदस्य चयन गर्ने अधिकार दिएको छ । के यो अधिकार पूर्णतः प्रधानन्यायाधीशको स्वविवेकीय अधिकार हो कि यसमा पनि मापदण्ड वा अर्को कुनै खालको अभ्यासलाई निरन्तरता दिनुपर्छ ?

संविधानको सरसर्ती अक्षर हेर्दाखेरि प्रधानन्यायाधीशले स्वविवेकले गठन गर्ने हो कि भन्ने तर्क नसुनिएको होइन । तर यो जमानामा 'स्वविवेकीय' भन्ने कुरा एकदम पुरानो भइसकेको अवस्था छ । 'मास्टर अफ रोल' प्रधानन्यायाधीश एक जनालाई विश्वास गर्नुपर्छ र उहाँले जसलाई इजलास र मुद्दा दिनुहुन्छ उसैले हेर्ने तर अरूले नहेर्ने भन्ने विषय इतिहासको पानामा सीमित हुन गइरहेको स्थिति छ । भारतको उदाहरण हेर्ने हो भने प्रधानन्यायाधीशले तोकेको मुद्दा, इजलासले हेरिरहेको मुद्दा 'यो मुद्दा राम्ररी हेरिएन वा यसमा अनपेक्षित गन्ध छ' भन्ने भइसकेपछि प्रधानन्यायाधीशले त्यो मुद्दा इजलासबाट झिकेर अरू इजलास गठन गरेको सवाल पनि छ । अहिलेको परिस्थितिमा यो ठ्याक्कै प्राविधिक रूपमा 'मास्टर अफ रोल' ले गर्ने काम हो, अरू अधीनस्थ हुन् भनेर व्याख्या गर्न मिल्दैन ।

संविधानको धारा १३७ ले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासका अन्य चार सदस्य चयन गर्ने अधिकार दिएको छ भने अहिले आएर उहाँको व्यक्तिगत निष्ठामाथि नै प्रश्न उठाउने गरेर प्रधानन्यायाधीशले गर्न पाउँदैन भन्न त मिल्छ र ?

शाब्दिक व्याख्या ठीकै होला । अक्षर होइन, भावना हेर्नुपर्छ, प्रचलन पनि हेर्नुपर्छ । अक्षर, भावना र प्रचलन हेर्दाखेरि त्यो अर्थ देखिँदैन । प्रधानन्यायाधीश भइसकेको व्यक्तिको वा भइरहनुभएको व्यक्तिको निष्ठामा वस्तुगत प्रमाण नदेखीकन हामीले आरोप लगाउन मिल्ने स्थिति होइन । न्यायको अन्तिम संरक्षक भएर बसेको मानिसलाई त राम्रै काम हुन्छ भन्ने अपेक्षा गरिन्छ । तर विगतका केही उदाहरणहरूले हामीलाई झस्कायो । झस्काइसकेपछि हामी सधैँ सशङ्कित भएर कुन काम कसरी भइरहेको छ भन्ने कुरा संवेदनशील भएर हेर्नुपर्ने बाध्यता छ । न्यायिक कुर्सी वा न्यायिक आसन भनेको राजनीतिलाई सेवा गर्ने वा राजनीतिलाई बल पुर्‍याउने कामको कुर्सी नभएको हुनाले सतर्क भएर हेरिरहनुपर्ने अवस्था छ ।

विवाद समाधानका लागि गोलाप्रथा वा वरिष्ठताका आधारमा चयन गर्नुपर्ने विधिमध्ये कुन चाहिँ बढी पारदर्शी, निष्पक्ष र न्यायिक स्वतन्त्रताअनुकूल हुन सक्छ ?

हाम्रो अडान यसमा गोलाप्रथा गर्दाखेरि कहीँ विवाद आउँदैन भन्ने हो । विवाद नआइसकेपछि जे निर्णय हुन्छ, त्यसमा बाध्यात्मक शक्ति हुन्छ नै, सर्वस्वीकार्यता पनि हुन्छ, आलोचनात्मक मत कम हुन्छ भन्ने अहिलेको हाम्रो अवधारणा छ ।

विवाद समाधानका लागि सर्वोच्च अदालतको फुलकोर्टले चाहिँ निर्णय गर्न सक्छ वा सक्दैन ?

अब फुलकोर्टले औपचारिक–अनौपचारिक विभिन्न किसिमको फोरम प्रयोग गरेर संवैधानिक इजलासको सवालमा हाम्रो नीति यो हुन्छ, अब हामी गोलामा जाने भयौँ वा गोलामा नगईकन वरिष्ठतामा जाने भयौं भन्ने एउटा धार पक्रिन सक्छ । यसका लागि यो संवेदनशील अवस्था, दुईतिहाइको मुलुकमा सरकार भएको स्थिति, दुईतिहाइले जस्तोसुकै संवैधानिक पदाधिकारीउपर कारबाही गर्न सक्ने स्थिति र एक प्रकारले भनौँ भने आन्तरिक रूपमा संसद्को संरचनाले गर्दा सन्त्रास छाएको अवस्थामा सबै बसेर एउटा टुङ्गो लगाउनुपर्नेछ । गम्भीरता बुझेर फुलकोर्ट बसेर टुंग्याउनुपर्ने हो । त्यसका लागि हामीले ध्यानाकर्षण पनि गराएका छौं ।

अहिलेको प्रधानन्यायाधीशको हकमा मात्र भएको होइन, विगतमा २०७२ सालपछि पनि त हरेकजसो प्रधानन्यायाधीशको पालामा संवैधानिक इजलास गठन गर्ने विषय चाहिँ विवादमै थियो, होइन ?

हो, बिल्कुल हो । अहिलेको मात्र होइन, पहिलेदेखि थियो । अहिलेको प्रणालीले कुनै पनि बेला ठ्याक्कै राम्रो काम गर्‍यो भन्न कठिन छ । त्यसैले यो इजलासमा जे भइरहेको छ, त्यसले हाम्रो कानुन प्रणालीको सुस्वास्थ्यमा सकारात्मक प्रभाव पारेको भन्ने हामीले बुझेनौं । बोझिलो भइरहेको अदालतलाई थप बोझिलो बनाउने, समस्यामा रहेको अदालतको समस्या समाधान होइन, चर्काउने दिशातिर झन् बढाउनेतिर यो लागिरहेको छ भन्ने कुरा भन्नलाई अहिले हामीलाई केही पनि अप्ठ्यारो छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध …

#इजलास #संवैधानिक
Compare →
Hamro Patro News
1w ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#इजलास #संवैधानिक
Compare →
Nagarik News
2d ago
जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

#गठन
Compare →

Related Stories

Politics & Governance
Build #2625