Trending
Prev Story
Next Story

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

Ekantipur •
November 24, 2026 • 04:03 PM
17
17 reads 0 reactions

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

नेपालगन्ज — भेरी अस्पताल, नेपालगन्जले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै यस क्षेत्रका बिरामीहरूले अब न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

अस्पतालको ६ नं. ओपीडी (बहिरङ्ग सेवा) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेछ। यसले सम्बन्धित समस्याबाट प्रभावित बिरामीहरूलाई समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान तथा उपचारको पहुँचमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

मंगलबार आयोजित एक कार्यक्रमबीच अस्पताल विकास समिति सदस्य डा. डक्ट प्रसाद धिताल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, सर्जरी विभागका विभागीय प्रमुख डा. सुरेश कुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मा देवी देवकोटा, मेडिसिन विभागका विभागीय प्रमुख डा. राजन पाण्डे, रेडियोलोजी विभागका विभागीय प्रमुख डा. विश्वनाथ शर्मालगायतको टोलीले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गरे।

यस सेवाका लागि भेरी अस्पतालमा न्यूरो सर्जन डा. आलोक चन्द ठाकुर तथा प्लास्टिक सर्जन डा. नोबेल पोखरेलको विशेषज्ञ सेवा उपलब्ध भएको छ।

अस्पतालले दुवै विशेषज्ञ चिकित्सकको विशेषज्ञता, ज्ञान, सीप र अनुभवबाट यस क्षेत्रका नागरिकले गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

भेरी अस्पतालमा यसअघि देखि नै सीटी स्क्यान तथा एमआरआई सेवा निरन्तर सञ्चालनमा रहेकाले जटिल रोगहरूको पहिचान तथा उपचार प्रक्रियामा आवश्यक सहयोग पुग्दै आएको छ।

अब न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा समेत थपिएसँगै आधुनिक निदानात्मक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवालाई एकीकृत गरी बिरामीलाई थप सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
7h ago
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन...

#अस्पताल
Compare →
Hamro Patro News
21h ago
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थाप...

#अस्पताल
Compare →
Bizshala
1d ago
जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन

जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन

काठमाण्डौ । जलनका बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १०...

#अस्पताल
Compare →
Nagarik News
2d ago
सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

अस्पतालका चिकित्सकको चरम लापरबाहीको कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी समेत गरेका हुन्।

#अस्पताल
Compare →
Onlinekhabar
5d ago
वीर अस्पताललाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

वीर अस्पताललाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर, काठमाडौं । वीर अस्पतालको युरोलोजी विभागलाई करिब ५० लाख रुपैयाँ बराबरका शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण भएको छ । रोटरी क्लब अफ काठमाडौंले अस्पताललाई विभिन्न अत्याधुनिक सर्जिकल उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा …

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2625