Trending
Prev Story
Next Story

जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन

Bizshala •
November 24, 2026 • 02:07 PM
14
14 reads 0 reactions

काठमाण्डौ । जलनका बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १०...

जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन

काठमाण्डौ । जलनका बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ स्थापना गरिएको छ।

नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा स्थापना भएको उक्त वार्डको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ।

नेपालमा जलनका घटना जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा रहँदै आएका छन्। जलनबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारसँगै आवश्यकताअनुसार शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोगसमेत आवश्यक पर्ने भएकाले विशिष्टीकृत उपचार पूर्वाधार विस्तारमा जोड दिइएको बैंकले जनाएको छ।

नबिल बैंकले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालनमा सहयोग गर्दै आएको थियो। ती शिविरमार्फत करिब ५०० जलन प्रभावित व्यक्तिले उपचार सेवा प्राप्त गरेको बैंकले जनाएको छ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष चौधरीले कुनै पनि संस्थाको सफलता वित्तीय उपलब्धिमा मात्र सीमित नहुने भन्दै समाजमा सिर्जना गर्ने सकारात्मक प्रभावसमेत महत्वपूर्ण हुने बताए।

उनले जलनका बिरामीले लामो र चुनौतीपूर्ण उपचार प्रक्रिया पार गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्य पूर्वाधारको अभावमा कुनै पनि परिवार गुणस्तरीय उपचारबाट वञ्चित हुन नहुने धारणा राखे।

‘कुनै संस्थाको वास्तविक सफलता आर्थिक उपलब्धिले मात्र होइन, समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन गरिनुपर्छ,’ चौधरीले भने, ‘यस सहकार्यमार्फत हामी नेपाली समाजलाई दीर्घकालसम्म लाभ पुर्‍याउने स्वास्थ्य पूर्वाधार विकासमा योगदान गरिरहेका छौँ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले विशिष्टीकृत जलन उपचार सेवामा सर्वसाधारणको पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै धुलिखेल अस्पतालसँगको सहकार्यले उक्त समस्या सम्बोधनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले नबिल केयरअन्तर्गत यसअघि सञ्चालन गरिएका जलन शल्यक्रिया शिविरले सयौँ बिरामीलाई उपचारको अवसर उपलब्ध गराएको उल्लेख गर्दै नयाँ वार्डले थप बिरामीलाई लाभ पुर्‍याउने बताए।

‘यो सुविधा बिरामी र उनीहरूका परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास लिएका छौँ,’ ज्ञवालीले भने।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले बैंकको सहयोगले नेपालमा विशिष्टीकृत जलन उपचार सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उनले ग्रामीण समुदायमा विशेषज्ञ उपचार सेवाको पहुँच अझै सीमित रहेको उल्लेख गर्दै नयाँ वार्डमार्फत जलनका बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहज हुने धारणा राखे।

नबिल बैंकसँगको सहकार्यमा जलन उपचारको उत्कृष्ट नमुना बन्न सक्ने विशिष्टीकृत सुविधा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

बैंकका अनुसार उक्त वार्डको स्थापनाले जलन उपचारका लागि आवश्यक स्वास्थ्य पूर्वाधार सुदृढ गर्नुका साथै बिरामीलाई उपचार र पुनर्स्थापना सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्नेछ।

नबिल बैंकले ‘नबिल केयर’ कार्यक्रममार्फत स्वास्थ्यलगायत विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
6h ago
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन...

#नबिल #धुलिखेल #अस्पताल
Compare →
Hamro Patro News
23h ago
नबिल बैंक र धुलिखेल अस्पतालद्वारा १० शय्याको ‘बर्न केयर वार्ड’ उद्घाटन

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा १० शय्याको ‘बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन गरेका छन् । नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना...

#नबिल #धुलिखेल #अस्पताल
Compare →
Ekantipur
1d ago
नबिल बैंक र धुलिखेल अस्पतालले बनाए ‘बर्न केयर वार्ड’

नबिल बैंक र धुलिखेल अस्पतालले बनाए ‘बर्न केयर वार्ड’

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरे ।

#नबिल #धुलिखेल #अस्पताल
Compare →
Onlinekhabar
5d ago
नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

८ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार …

#नबिल #धुलिखेल #अस्पताल
Compare →
Nagarik News
3d ago
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

#अस्पताल #शय्या
Compare →

Related Stories

Health & Wellness
Build #2625