Trending
Prev Story
Next Story

नेपालमा फस्टाउँदै ईभी पूर्वाधार : देशभर २३ सय चार्जिङ स्टेसन

Ekantipur •
October 17, 2026 • 06:21 PM
1
1 reads 0 reactions

नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार प्राधिकरण आफ्नै ६२ वटा र निजी क्षेत्रका २२३८ वटा स्टेसन सञ्चालनमा छन् ।

नेपालमा फस्टाउँदै ईभी पूर्वाधार : देशभर २३ सय चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार प्राधिकरण आफ्नै ६२ वटा र निजी क्षेत्रका २२३८ वटा स्टेसन सञ्चालनमा छन् ।

काठमाडौँ — नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढेसँगै यसको भौतिक पूर्वाधार र डिजिटल सहायता प्रणाली दुवैमा उत्साहजनक विस्तार देखिएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको संयुक्त प्रयासमा देशभर चार्जिङ स्टेसनको सञ्जाल फैलिएको छ । अर्कोतिर चालकहरूलाई चार्जिङ स्टेसन भेट्टाउनका लागि डिजिटल प्लाटफर्महरू पनि सार्वजनिक भइरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशभर कुल २३ सयभन्दा बढी चार्जिङ स्टेसनहरू सञ्चालनमा रहेका छन् । प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार प्राधिकरण आफ्नै ६२ वटा र निजी क्षेत्रका २२३८ वटा स्टेसन सञ्चालनमा छन् । 'भोटेकोशी बाढीका कारण नुवाकोट र स्याफ्रुबेसीका ३ वटा स्टेसन प्रभावित भए पनि बाँकी सबै स्टेसनहरू देशभर सञ्चालनमा छन्,' उनले भने, 'निजीतर्फ अधिकांश सवारी बिक्रेता कम्पनीहरू तथा होटलहरूले आफ्नै पहलमा चार्जिङ स्टेसन सञ्चालन भइरहेका छन् ।'

देशभर चार्जिङ स्टेसनको संख्या बढेसँगै यात्राका क्रममा स्टेसनहरू खोज्न ईभी चालकहरूले डिजिटल प्लाटफर्मको सहारा लिन थालेका छन् । सन् २०२२ देखि सञ्चालनमा आएको 'चार्जिङ स्टेसन नेपाल' नामक डिजिटल प्लाटफर्ममा अहिले २५ हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता आबद्ध भइसकेका छन् ।

चार्जिङ स्टेसन नेपालका संस्थापक विवेकमणी आचार्यका अनुसार एप स्टोरहरूबाट हालसम्म ३० हजारभन्दा बढी पटक एप डाउनलोड भइसकेको छ । सुरुवाती चरणमा गुगल म्याप्स, समाचार, कम्पनीका वेबसाइट तथा सामाजिक सञ्जालका आधारमा स्टेसनहरूको विवरण संकलन गरिए पनि अहिले यो पूर्ण रूपमा 'समुदाय-सञ्चालित' (कम्युनिटी ड्राइभन) बनेको छ । 'नयाँ स्टेसन थपिँदा वा पुराना बन्द हुँदा प्रयोगकर्ता र सञ्चालकहरूले नै गुगल फर्ममार्फत जानकारी दिन्छन्,' उनले भने, 'त्यसकै आधारमा तथ्यांक अद्यावधिक गर्छौं ।'

ईभी चालकहरूका लागि यात्राका क्रममा आगामी चार्जिङ स्टेसनको वास्तविक समयको जानकारी लिन उक्त प्लाटफर्म निकै सहयोगी देखिएको उनले बताए । 'देशभरका सबै स्टेसनमा एउटै एप लागू नभए पनि करिब दुई सय वटा स्टेसनहरूमा यही एपमार्फत ब्यालेन्स लोड गरी सिधै सवारी चार्ज गर्न मिल्ने सुविधा उपलब्ध छ,' उनले भने, 'हामीले एमएडब्लू, इलेक्ट्रोभा र डिभो चार्ज पोइन्ट जस्ता अन्य तीनवटा एपहरूलाई पनि यही सफ्टवेयर नेटवर्कसँग जोडेर सञ्चालनमा ल्याएका छौं ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
आज लक्ष्मीपूजा, देशभर सहज विद्युत् पुर्‍याउन के गृहकार्य गर्दैछ प्राधिकरण?

आज लक्ष्मीपूजा, देशभर सहज विद्युत् पुर्‍याउन के गृहकार्य गर्दैछ प्राधिकरण?

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब एक हजार ९ सयदेखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ । उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ ...

#विद्युत-प्राधिकरण #विद्युत् #देशभर
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत-प्राधिकरण #विद्युत्
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

२२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम …

#विद्युत-प्राधिकरण #विद्युत्
Compare →

Related Stories

World News
Build #2611