Trending
Prev Story
Next Story

कानुन व्यवसायी परिषद्ले लागू गर्‍यो दुई वर्षे ‘कुलिङ अफ पिरियड’

Ekantipur •
November 24, 2026 • 01:33 PM
20
20 reads 0 reactions

सरकारी सेवाबाट अवकाश पाएलगत्तै कानुन व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै परिषद्ले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ लागू गरेको जनाएको छ ।

कानुन व्यवसायी परिषद्ले लागू गर्‍यो दुई वर्षे ‘कुलिङ अफ पिरियड’

सरकारी सेवाबाट अवकाश पाएलगत्तै कानुन व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै परिषद्ले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ लागू गरेको जनाएको छ ।

काठमाडौँ — नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएका पदाधिकारी तथा कर्मचारीले दुई वर्षपछि मात्रै कानुन व्यवसायमा प्रवेश गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारी सेवाबाट अवकाश पाएलगत्तै कानुन व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै परिषद्ले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ लागू गरेको जनाएको छ ।

परिषद्को मंसिर १ गते बसेको बैठकले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ मा संशोधन गरी दुई वर्षे कुलिङ अफ पिरियडको व्यवस्था गरेको हो । परिषद्ले जारी गरेको सूचनाअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाई कार्यरत निजामती कर्मचारी, न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनामा कार्यरत व्यक्तिले जागिर छाडेको दुई वर्षपछि मात्रै वकालत गर्न पाउनेछन् ।

यो संशोधन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीमा समेत लागू हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
कार्कीको रिटमा वकिलको प्रश्न  : नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ र ?

कार्कीको रिटमा वकिलको प्रश्न  : नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ र ?

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तरिम आदेशका लागि भएको बहसमा उनका तर्फबाट कान...

#कानुन
Compare →
Arthasansar
1d ago
अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक  छ

अर्थमन्त्री वाग्लेले भने - आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना र असान्दर्भिक कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउन कानुनी सुधार आवश्यक रहेको बताएका छन्...

#कानुन
Compare →
Nagarik News
10h ago
श्रम मन्त्रालयले गर्‍यो २८ प्रतिष्ठानमा निरीक्षण, न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन

श्रम मन्त्रालयले गर्‍यो २८ प्रतिष्ठानमा निरीक्षण, न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन

निरीक्षणमा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, एसएसएफ आबद्धता, श्रम अडिट, ओएसएच नीति, कार्य समय, ओभर टाइम र बिदासम्बन्धी अवस्था हेरिएको थियो।

#लागू #गर्
Compare →

Related Stories

World News
Build #2625