मुसीकोट नगरपालिका–५ स्थित थर्पूमा अवस्थित यस डिग्रे शाईकुमारी भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीदेखि नै विशेष पुजा हुने र पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने डिग्रे मेला यस वर्ष मंगलबार मनाइएको छ । मुसीकोट नगरपालिका–५ स्थित थर्पूमा अवस्थित यस डिग्रे शाईकुमारी भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीदेखि नै विशेष पुजा हुने र पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । स्थानीय कला–संस्कृति अनि मौलिक परम्पराको अनुपम संगमका रुपमा यो मेलालाई लिइन्छ । हजारौं दर्शनार्थीको भिडलाई छिचोल्दै स्थीनिय साँखवासीहरु मन्दिरतर्फबाट हातमा लठ्ठी लिएर बाजागाजासहित मेला पस्ने यहाँको रोचक परम्परा छ । मनोकामना पूरा हुने विश्वाससहित मन्दिर दर्शन गर्न र मेलाको रमझममा रमाउन यसवर्ष एक लाखभन्दा धेरै भक्तजन यहाँ पुगेको अनुमान गरिएको छ । यहाँ भक्तजनले आफ्नो भाकल पूरा भएको विश्वाससहित बोकाको बली पनि दिने गर्दन् । मन्दिर दर्शन तथा मेला भर्नका लागि रुकुम पश्चिम र आसपासका साथै टाढा–टाढाबाट भक्तजनहरु यहाँ पुग्ने गर्दछन् ।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।