Trending
Prev Story
Next Story

स्वास्थ्य बीमामार्फत हरेक नागरिकलाई चाहिएको बेला उपचारको सुनिश्चितता गर्नुपर्छ : मन्त्री गौतम

Ekantipur •
November 24, 2026 • 12:34 PM
15
15 reads 0 reactions

स्वास्थ्य बीमाबारे देखिएका समाधान खोज्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको अगुवाइमा छलफल । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन बैठक बसेको हो ।

स्वास्थ्य बीमामार्फत हरेक नागरिकलाई चाहिएको बेला उपचारको सुनिश्चितता गर्नुपर्छ : मन्त्री गौतम

स्वास्थ्य बीमाबारे देखिएका समाधान खोज्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको अगुवाइमा छलफल । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन बैठक बसेको हो ।

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छन् । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा उनले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

स्वास्थ्य बीमाबारे देखिएका समस्या समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिल्याउनुपर्ने बताइन् । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन बैठकको आयोजना गरिएको थियो ।

बैठकमा मन्त्री गौतमले भनिन्, 'घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने ? भन्ने हुनु हुँदैन । हरेक नागरिकले ‘मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु’ भनेर ढुक्क हुन सक्नुपर्छ ।'

बीमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मा राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो । उनले भनिन्, 'नागरिकका गुनासा सुनेर हामीले खोज्नुपर्ने सुधार त्यही हो, नागरिकका गुनासा सम्बोधन गर्दै अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनु नै सुधारको प्राथमिकता हुनुपर्छ ।'

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गौतम, स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्राडा जगदिशप्रसाद अग्रवाल, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए । छलफलमा मन्त्री गौतमले बीमामार्फत उपचार सेवा दिन सरकारी अस्पतालको सञ्जाल पर्याप्त छ कि निजी अस्पताललाई पनि कार्यक्रममा जोड्नुपर्छ भन्ने प्रश्न उठाएकी थिइन् ।

बैठकमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन र भुक्तानी एउटै प्रणालीमा ल्याउने प्रस्तावमाथि छलफल भएको थियो । ती सबै निकायको एकीकरणका लागि विद्यमान ऐनहरू संशोधन गरेर तीनै निकायलाई जोड्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइ राख्ने दुई कानुनी विकल्पबारे बैठकमा छलफल भएको कानुन मन्त्रालयले जानकारी दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

फ्रान्स–नेपाल संसदीयमैत्री प्रतिनिधिमण्डलको टोलीसँग मन्त्री गौतमको भेट

४ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका …

#गौतम #कानुन #संसदीय
Compare →
Arthasansar
1d ago
आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने नियन्त्रणमुखी कानुन खारेज र संशोधन गरिँदै छ - मन्त्री गौतम

आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने नियन्त्रणमुखी कानुन खारेज र संशोधन गरिँदै छ - मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक स्वतन्त्रतामा बाधा पुर्‍याउने र लागत बढाउने अनावश्यक नियन्त्रणमुखी कानुन खारेज तथा संशोधन...

#गौतम #कानुन
Compare →
Nagarik News
2d ago
अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन्।

#गौतम #कानुन
Compare →
Hamro Patro News
6h ago
बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौं । स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन पाइने भएको छ। स्वास्थ्य बीमा बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पर...

#बीमा #उपचार
Compare →

Related Stories

Politics & Governance
Build #2625