Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुदः महिला बास्केटबलतर्फ एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमतीको विजयी सुरुआत

Ekantipur •
November 24, 2026 • 10:33 AM
14
14 reads 0 reactions

मंगलबारका फुल–कोर्ट र थ्री–अन–थ्री खेलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमतीले प्रतिस्पर्धी टोलीलाई हराए।

राष्ट्रिय खेलकुदः महिला बास्केटबलतर्फ एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमतीको विजयी सुरुआत

मंगलबारका फुल–कोर्ट र थ्री–अन–थ्री खेलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमतीले प्रतिस्पर्धी टोलीलाई हराए।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार सुरु भएको महिला बास्केटबलतर्फका चार खेलमा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमतीले विजयी सुरुवात गरेका छन् ।

फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१० को फराकिलो अन्तरमा पराजित गरेको छ ।

यस्तै पहिलो चरणको फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले पराजित गर्‍यो ।

यस्तै मंगलबार नै भएको थ्री–अन–थ्री (३–३) विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र  सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ । सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ ।

थ्री–अन–थ्री (३–३) विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको छ । मंगलबार पहिलो दिन चार वटा खेल सम्पन्न भएको राष्ट्रिय बास्केट बलका सिनियर रेफ्री राजेश महर्जनले बताए ।

कृष्णप्रसाद गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

#सुदूरपश्चिम #बागमती #खेलकुद
Compare →
Nagarik News
2h ago
दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।

#सुदूरपश्चिम #बागमती #खेलकुद
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →

Related Stories

Sports
Build #2625