Trending
Prev Story
Next Story

१० दिनपछि जीवितै उद्धार गरिएका कबिर महर्जन भन्छन्, ‘प्रकृतिलाई बिग्रन नदिऔं, पानीबिना जीवन छैन’

Ekantipur •
September 28, 2026 • 01:48 PM
1
1 reads 0 reactions

‘म मर्छु, अब मेरो यति नै हो भन्ने अवस्थामा पुगिसकेको थिएँ । उद्धार टोली मेरा लागि भगवानका रूपमा आए । बाहिर निस्किने बित्तिकै मैले सबैभन्दा पहिले जमिनमा ढोगेर सबैलाई नमस्कार गरें ।’

१० दिनपछि जीवितै उद्धार गरिएका कबिर महर्जन भन्छन्, ‘प्रकृतिलाई बिग्रन नदिऔं, पानीबिना जीवन छैन’

‘म मर्छु, अब मेरो यति नै हो भन्ने अवस्थामा पुगिसकेको थिएँ । उद्धार टोली मेरा लागि भगवानका रूपमा आए । बाहिर निस्किने बित्तिकै मैले सबैभन्दा पहिले जमिनमा ढोगेर सबैलाई नमस्कार गरें ।’

काठमाडौँ — रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीमा परी लगातार १० दिनसम्म अड्किएर जीवितै उद्धार गरिएका कर्मचारी कबिर महर्जनले आफूलाई नयाँ जीवन दिएकोमा उद्धारकर्मी, चिकित्सक र सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।

सुरुङभित्र पानीको तीव्र बहाव र अन्धकारका बीच १० दिनसम्म भोकभोकै जीवन र मृत्युको दोसाँधमा संघर्ष गरेका महर्जनले आफ्नो भोगाइ र उद्धारपछिको अनुभूति साट्दै कान्तिपुर टेलिभिजनसँगको कुराकानीका क्रममा भने, ‘म मर्छु, अब मेरो यति नै हो भन्ने अवस्थामा पुगिसकेको थिएँ । उद्धार टोली मेरा लागि भगवानका रूपमा आए । बाहिर निस्किने बित्तिकै मैले सबैभन्दा पहिले जमिनमा ढोगेर सबैलाई नमस्कार गरें ।’

सुरुङभित्र अन्धकारमा पानी चुहिएको आवाज पछ्याउँदै त्यसैको भरमा १० दिन बिताएका महर्जनले साथीहरू र उद्धार टोलीप्रति ठूलो विश्वास रहेको बताए । छाउनीस्थित सैनिक अस्पतालमा २२ दिनको उपचारपछि घर फर्किएका उनले आफ्नो स्वास्थ्यमा द्रुत सुधार भइरहेको र अहिले आफैं हिंडडुल गर्न सक्ने भएको जानकारी दिए ।

जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका विषयमा बोल्दै महर्जनले विश्व समुदायलाई प्रकृति संरक्षणमा जुट्न अपिलसमेत गरेका छन् । ‘अहिले आएको अप्रत्याशित बाढी हिमताल फुटेर र ‘ग्लोबल वार्मिङ’का कारण हो । हामी प्रकृतिबिना रहन सक्दैनौं । पानीबिना जीवन छैन, त्यसैले ठूला राष्ट्रहरूले पनि प्रकृतिको दोहन रोक्न र यसलाई माया गर्नुपर्छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो। कार्तिक २०, २०८३ ज्योति कटु...

#उद्धार #दिनपछि
Compare →
Nagarik News
1w ago
हिमपातमा फसेका ६ भारतीय पर्यटकको दुई दिनपछि उद्धार

हिमपातमा फसेका ६ भारतीय पर्यटकको दुई दिनपछि उद्धार

डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकलाई दुई दिनपछि सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।

#उद्धार #दिनपछि
Compare →
Bizshala
14h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#जीवन
Compare →
Onlinekhabar
16h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#जीवन
Compare →

Related Stories

National (Nepal)
Build #2612