Trending
Prev Story
Next Story

१० मंसिरभित्रै दुधको मूल्य बढाउन सरकारलाई किसानको अल्टिमेटम

Ekantipur •
November 24, 2026 • 09:33 AM
10
10 reads 0 reactions

किसानले उत्पादन गरेको दुधको लागत बढ्दै गएकाले १० मंसिरसम्म मूल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको चितवन दुध जिल्ला उत्पादक सहकारीका अध्यक्ष किशोर बगालेले बताए ।

१० मंसिरभित्रै दुधको मूल्य बढाउन सरकारलाई किसानको अल्टिमेटम

किसानले उत्पादन गरेको दुधको लागत बढ्दै गएकाले १० मंसिरसम्म मूल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको चितवन दुध जिल्ला उत्पादक सहकारीका अध्यक्ष किशोर बगालेले बताए ।

काठमाडौं — १० मंसिरभित्रै दुधको मूल्य बढाउन सरकारलाई किसानले अल्टिमेटम दिएका छन् । दाना र पशु आहारको मूल्य वृद्धि भएको भन्दै दुधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन उनीहरूले सरकारसँग माग गरेका हुन् ।

चितवन दुध जिल्ला उत्पादक सहकारीका अध्यक्ष किशोर बगालेले किसानले उत्पादन गरेको दुधको लागत बढ्दै गएकाले १० मंसिरसम्म मूल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको बताए । ‘हामीले मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेका छौं । मूल्य बढाउन सबै सहमत नै हुनुहुन्छ,' उनले भने, ‘प्रधानमन्त्री, कृषिमन्त्री बाहिर भएकाले १० मंसिरसम्म समय दिनु भनेर मन्त्रालयको प्रस्ताव आएपछि १० मंसिरसम्म हेर्छौं । ’ १० मंसिरसम्म सरकारले निर्णय नगरे देशैभरका किसान आन्दोलनमा उक्रिने उनले जानकारी दिए ।

सरकारले १९ फागुन २०७९ देखि लागू हुने गरी ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरेको थियो । त्यसयता दुधको मूल्य बढेको छैन । किसानहरूले भने प्रतिलिट १० रुपैयाँ बढाएर ७५ रुपैयाँ कायम हुनुपर्ने माग गरेका हुन् । जिल्लागत दुधको मूल्य फरक रहेको र त्यसलाई सरकारले मूल्यांकन गरेर मूल्य बढाउनु पर्ने उनको भनाइ छ ।

किसानहरूले कच्चा दूधको मूल्य वृद्धि गर्नुका साथै पशु आहारसँग सम्बन्धित कच्चा पदार्थको मूल्य वृद्धिमा नियन्त्रण गर्नुपर्ने, किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुट गर्नुपर्ने लगायतका माग गरेका छन् । ‘कच्चा पदार्थमा मूल्य बढेको छ दानाकै मुल्य ८ देखि १० प्रतिकेजी मुल्य बढेको छ,’ बगालेले भने, ‘सरकारले समयमा नै किसानले लागत मूल्य पाउने गरी मूल्यमा समायोजन गर्नुपर्छ । ’

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
दूधको मूल्य बढाउन किसानको माग

दूधको मूल्य बढाउन किसानको माग

धनकुटाका किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन आयोजना गरी किसानले उत्पादन गरेको दूधको मूल्य बढाउन माग गरेको हो । किसानले हाल...

#बढाउन #किसान
Compare →
Nagarik News
5d ago
उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न किसानको अडान

उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न किसानको अडान

उखुको मूल्य तय गर्नुअघि किसानको उत्पादन लागत, चिनीको बजार मूल्य तथा उद्योगीहरूको अवस्थाबारे जानकारी लिन सरकारले दुवै पक्षसँग परामर्श थालेको हो।

#किसान #उत्पादन
Compare →
Onlinekhabar
4d ago
दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल्य लागत अनुसार नभएको …

#किसान #बढाउन
Compare →
Bizshala
1d ago
पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन्  किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन् किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2621