Trending
Prev Story
Next Story

साताभित्र २० हजार टन डीएपी वीरगन्ज पुग्ने, हिउँदे बालीमा अभाव नहुने दाबी

Ekantipur •
November 24, 2026 • 09:03 AM
14
14 reads 0 reactions

गहुँ, तोरी र उखु खेतीमा माग बढिरहेका बेला मौज्दात तथा नयाँ आयातबाट हिउँदे बालीको डीएपी आवश्यकता धानिने कम्पनीको अपेक्षा छ।

साताभित्र २० हजार टन डीएपी वीरगन्ज पुग्ने, हिउँदे बालीमा अभाव नहुने दाबी

गहुँ, तोरी र उखु खेतीमा माग बढिरहेका बेला मौज्दात तथा नयाँ आयातबाट हिउँदे बालीको डीएपी आवश्यकता धानिने कम्पनीको अपेक्षा छ।

पर्सा — हिउँदे बालीका लागि आवश्यक डीएपी मलको आपूर्ति सहज बनाउन कृषि सामग्री कम्पनीले एक साताभित्र २० हजार टन डीएपी मल नेपाल भित्र्याउने भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार ग्लोबल टेन्डरमार्फत उक्त परिमाणको डीएपी मल आयात गर्न लागिएको हो। आपूर्तिकर्ता सन इन्टरनेसनलले तेस्रो मुलुकबाट ल्याएको मल कोलकाता बन्दरगाह आइपुगेको छ। त्यहाँ जहाजबाट अनलोड गरी प्याकिङ गरेर नेपाल ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको उनले बताए।

उक्त मल नेपाल भित्रिएपछि हिउँदे बालीका लागि डीएपी मलको माग धान्न सहज हुने कम्पनीको अपेक्षा छ। आयात हुने मलमध्ये वीरगन्ज, विराटनगर र भैरहवा प्रादेशिक कार्यालयलाई वितरण गरिनेछ।

वीरगन्ज प्रादेशिक कार्यालयसँग हाल १८ हजार २ सय ३४ टन युरिया, ६ हजार २ सय ९३ टन डीएपी र २ हजार ८८ टन पोटास मल मौज्दात छ। उक्त कार्यालयले मधेश प्रदेशका सबै, बागमती प्रदेशका सबै र गण्डकी प्रदेशका केही गरी डेढ दर्जन जिल्लामा मल परिचालन गर्दै आएको छ।

मधेश प्रदेशका जिल्लाका लागि चालु हिउँदे सिजनमा ५ हजार १ सय ७० टन डीएपी मलको कोटा निर्धारण गरिएको छ। मौज्दातमा रहेको र आयात भएर आउने क्रममा रहेको मलले यस वर्ष हिउँदे बालीको माग धान्न सक्ने प्रमुख शर्माको दाबी छ। यतिबेला गहुँ, तोरी र उखु खेतीका लागि डीएपी मलको माग बढेको छ। युरिया मलको मौज्दात पनि मागअनुसार नै रहेकाले हिउँदे बालीका लागि युरिया र डीएपी दुवै मलको अभाव हुने अवस्था नरहेको शर्माले बताए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना

रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना

साइबेरियालगायत हजारौं किलोमिटर टाढाबाट हिउँद छल्न नेपालका सिमसार क्षेत्रमा आउने आगन्तुक चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ। ‘बर्ड कञ्जरभेसन’ नेपालको वार्षिक पानीचरा गणनाले काठमाडौं उपत्यका...

#हिउँदे
Compare →

Related Stories

Business & Economy
Build #2625